काठमाडौं । भारतीय बजारमा सीबी ३०० आरको नयाँ भर्सन सार्वजनिक भएकाे छ ।
मोटरसाइकल तथा स्कुटर निर्माता होन्डाले भारतमा बीएस ६ को नयाँ मापदण्ड अनुसार ओबीडी टू प्रदूषण मापदण्डमा आधारीत रहेर नयाँ सीबी ३०० आर बजारमा ल्याएको हो ।
कम्पनीले पुरानो मोडलको तुलनामा ३७ हजार भारतीय रुपैयाँ कम गरेर २ लाख ४० हजार भारु (एक्स शोरुम) सुरूआती मूल्यमा सार्वजनिक गरेको हो ।
यसमा २८६.०१ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर स्ट्रोक, बीएस ६, पीजीएम एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले २२.९ ब्रेकहर्स पावर र २७.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।
रेट्रो थिम स्टाइलमा सीबी १००० आर रोडस्टार बाट प्रेरित डिजाइनमा रहेको यो मोटरसाइकलमा असिस्ट एण्ड स्लीपर क्लच, मस्कुलर फ्युल ट्यांक, अपस्वेप्ट एग्जस्ट, राउन्ड एलईडी हेडल्याम्प, एलइडी विंकर्स, एलईडी टेलल्याम्प जस्ता फिचर प्रयोग गरिएको छ ।
फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको यस नयाँ सीबीमा इमरजेन्सी स्टप सिग्नल, यूएसडी फ्रन्ट फोर्क र रियरमा एड्जस्टेवल मोनोसक सस्पेन्स र डुअल डिस्कब्रेकका साथै डुअल च्यानल एबीएस समेत पाउन सकिन्छ ।
१४६ किलोग्राम तौल रहेको सीबी ३०० आर सेग्मेन्टकै सबैभन्दा हलुका मोटरसाइकल रहेको कम्पनीले बताएको छ ।

