पुटिनको नयाँ कारः स्टार होटलदेखि लडाकुसम्मको सुविधा

विश्व राजनीतिमा सदाबहार शक्तिशाली शासकमा पर्ने रुसी राष्ट्रपति ब्लादिमर पुटिन आफो शासनसँग सँगै लग्जरीयस जीवनशैलीको लागि पनि निकै चर्चित रहेका छन् । ६६ वर्ष पुराभएका यी विश्वका शक्तिशाली शासकले प्रयोग गर्ने कार पानीमा खस्यो भने डुब्नुको सट्टा माथि तैरिने छ । 

पुटिनले प्रयोग गर्ने कार आर्मडको कस्टमाइज कार हो । उनले प्रयोग गर्ने कारमा विशेष किसिमको सुरक्षाको प्रयोग गरिएको छ । पुटिनले प्रयोग गर्ने लिमोसिनको नाम हो ‘कटेज आरुस’ । यसको निर्माणमा करिब ६ वर्ष लागेको छ । 

कटेज आरुसमा ६.६ लिटर भी १२ इन्जिन दिइएको छ । जसले ८६० बीएचपी पावर र ८८० एनएम टर्क जेनेरेट गर्छ । ९ स्पीड अटोमेटिक गिएरबक्स दिइएको छ । यस कारमा कयौ आधुनिक हतियारले सुसज्जित रहेको छ । यो कारको कुल वजन ६५० केजी रहेको छ । 

कटेज आरुसके मुख्य सुरक्षा फिचरमा हतियारले सुसज्जित र पानी पर्दा नडुब्ने हो । ८ इन्च बाक्लो बुलेट प्रुफ लेयरले कारमा हुनसक्ने ग्रेनेट लञ्चरसम्मका हतियारले यसमा केहि असर गर्न सक्दैन । यदि दुस्मन अगाडि आउने हो भने उसलाई कारवाही गर्न कारनै काफि हुने छ । 

यसकारमा नाइट भिजन क्यामेरा, अस्रु ग्यास, मेसिन गनका साथ बम वा बारुद दुस्मन तिर फाल्ने क्षमता राख्छ । यो कार बाहिरबाट हेर्दा एउटा ट्याङ्क जस्तो देखिएपनि यसमा ग्रिनेट, रकेट लञ्चर जस्ता आक्रमणले केही गर्न सक्दैन । साथै केमिकल हमलाको समयमा कार भित्र रहनेलाई केही पनि हुँदैन ।

राष्ट्रपतिको सुरक्षाको लागि कार भित्र अक्सीजन मास्क, ब्लड बैंकजस्ता अत्यावसेक सेवाहरुको बन्दोबस्त गरिएको छ । गाडी पञ्चरभएपनि यसमा तत्काल टायर परिर्वतन गर्नु पर्दैन । ५ जनाले आरामसँग यात्रा गर्न मिल्ने यो कार निकै सुविधा सम्पन्न रहेको छ ।  


Back_to_top