नेक्स्ट जेनेरेशन क्रेटा ७ सिट क्षमतामा आउने

हुन्डाई मोटर्सले आफ्नो चर्चित एसयूभी क्रेटाको फेसलिफ्ट सार्वजनिक गरेको करिब ३ महिना मात्र भएको छ । अब बिभिन्न मिडियामा आएको खबरलाई मान्ने हो भने हुन्डाईले नेक्स्ट जेनेरेशन क्रेटाको तयारी सुरु गरेको छ । 

आफ्नो सर्वाधिक बिक्री हुने एसयूभीलाई कम्पनीले अझै प्रिमियम बनाउने तयारी गरेको समाचार आइरहेको छ । भारतीय बजारमा एसयूभी सेग्मेन्टमा थुप्रै कम्पनीले नयाँ प्रडक्ट ल्याउने तयारी गरिरहेको समयमा हुन्डाईले क्रेटाको अल न्यू मोडलको तयारी गरेको बाताइएको छ । 

मासिक औषत १० हजार यूनिट बिक्री भइरहेको क्रेटालाई कम्पनीले टाटाको आउँदै गरेको ह्यारीयर, महिन्द्रा एक्सयूभी ७०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेगरी ७ सिट अप्सनमा बजारमा ल्याउने भएको छ । 

नेक्स्ट जेनेरेशन क्रेटा अहिलेको तुलनमा निकै महंगो हुने अनुमन गरिएको छ । मिडिया रिपोर्टका अनुसार नयाँ क्रेटाको मूल्य ३० लाख भारतीय रुपैयाँको हाराहारीमा रहने छ । यसलाई कम्पनीले २०२१ को सुरुवातमा बजारमा ल्याउने अनुमान गरिएको छ ।   


Back_to_top