नयाँ सेन्ट्रोः भारतीय बजारमा यस्तो रहन सक्छ मूल्य, दिपावलीपछि आउला नेपाल ?

भारतीय बजारमा निकै कार बिक्री गरिरहेको हुन्डाई कम्पनीले अल न्यू सेन्ट्रो बजारमा ल्याउने तयारी गरेको छ । यो मोडल आगामी २३ अक्टोबरमा भारतीय बजारमा आधिकारीकरुपमा सार्वजनिक हुनेछ । 

यो कारको सुरुवाती डिलर मूल्य ३ लाख ८७ हजार ६२७ रुपैयाँ रहने छ भने टप भेरिएन्टको मूल्य ५ लाख २६ हजार ५७१ भारतीय रुपैयाँ कामय हुनसक्ने बिभिन्न मिडियाले उल्लेख गरेका छन् । चर, यसको आधिकारीक मूल्य भने २३ अक्टोवरके मात्रै थाहा हुनेछ ।

कम्पनीले यो कारमार्फत् निकै अपेक्षा राखेको छ । कम्पनीले करिब २० वर्ष पहिला यही कारमार्फत् भारतीय बजारमा प्रवेश गरेको थियो ।

उत्कृष्ट हुनुमा यस्ता छन् कारण 

सेन्ट्रो ब्रान्ड ग्राहकमाझ निकै चर्चित भैसकेको छ । सन् १९९८ मा सार्वजनिक भएको यो कार निकै कम्फर्टेबल, रिलायवल, एड्भान्स र अफोर्डेबल रहेको छ । सेन्ट्रोको लूक निकै आकर्षक रहेको छ भने डायमेन्सनमा केही सानो भए तापनि इन्टेरियरमा स्पेश म्यानेजमेन्टमा विशेष ध्यान दिएको छ । इन्टेरियर डिजाइन सफल हुनुको पछाडि यसमा दिइएको ७.० इञ्चको इन्फोटेनमेन्ट सिस्टमको भूमिका निकै रहेको छ । यही विशेषता हुन्डाईको क्रेटाजस्तो प्रिमियम कारमा पनि समावेश गरिएको छ । कारभित्र निकै स्पेस दिइएको छ । यसको लेग, नी, सोल्डर र हेड–स्पेस निकै बढी रहेको छ ।

सुरुवातमा यसको लूकप्रति खासै आकर्षक नभए तापनि इञ्जिनियरिङ्ग र ओभरअल पफर्मेन्सको एक्टिभ–लूकको कारण भारतीय ग्राहहको मनमा बस्न सफल भएको छ । यसको फ्रन्ट र रियर ग्लासमा निकै राम्रो रोल–प्ले दिइएको छ । जसको कारण कार निकै स्पेसियस देखिएको छ । यसमा उपलब्ध बम्पर निकै लामो पनि रहेको कम्पनी जनाएको छ । 

साथै, म्यानूअल गियर–सिफ्टको प्रयोग गरिएको छ । यसमा उलपब्ध एमटी ट्रान्समिसनलाई सानदार तवरबाट सजाइएको छ । हाई–वेमा क्रूजिङ्ग गर्दा यो कार ५ औँ गियरमा प्रतिघन्टा १ सय ५६ किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्न सक्छ । यी सबै कारणले हुन्डाई स्यान्ट्रो बहुप्रतिक्षित कार बनेको छ ।

नेपाली बजारमा पनि निकै चर्चित रहेको सेन्ट्रोको नयाँ मोडल संभवत नेपाली बजारमा दिपावली लगत्तै सेन्ट्रो सार्वजनिक हुने छ । 


Back_to_top