टीभीएसको विगो नयाँ भर्सनमा, यस्ता छन् विशेषता

दिपावलीलाई लक्षित गर्दै टु–ह्वीलर निर्माता कम्पनी टीभीएसले विगो स्कुटरको नयाँ भर्सन भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वको समयलाई लक्षित गर्दै विगोको परिमार्जित भर्सनलाई बजारमा ल्याएको हो । 

परिमार्जित टीभीएस विगो निकै स्टाइलिस हुनुकासाथै आकर्षक देखिएको छ । स्कुटरमा न्यू ग्राफिक्स डिजाइन दिइएको छ भने, यसमा डबल टोन कलरको प्रयोग गरिएको छ । 

कम्पनीकाअनुसार यसको मेकानिकल पाट्र्समा भने कुनै परिमार्जन गरिएको छैन । यसमा ११० सीसी फोर–स्ट्रोक पावर उपलब्ध छ । जसले ८ पीएस पावरकासाथै ८.४ न्यूटन मिटर टर्क उत्पादन गर्छ । 

यो स्कुटरले प्रतिलिटर ६२ किलोमिटरको माइलेज प्रदान गर्छ । फ्यूल इफिसेन्सीको आधारमा यसले होन्डाको जुनसुकै स्कुटरलाई टक्कर दिने अनुमान लगाउन सकिन्छ । 

यसको बडी पूर्णरुपमा मेटलबाट बनेको छ भने यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र १२ इन्चको एलोय ह्वील लगाइएको छ । साथै, ट्यूवलेस टायर, एलईडी टेल ल्याम्प यसका आकर्षक विशेषता हुन् । 

नयाँ भर्सनमा सिटमुनि मोबाइल चार्जर दिइएको छ भने, फ्रन्टमा डिस्कब्रेक लगाइएको छ । यो स्कुटर रेड, ब्ल्याक, ग्रे र ब्लू चार कलर अप्सनमा उपलब्ध रहेको छ । 

यसको भारतीय बजारमा मूल्य ५३ हजार २७ भारतीय रुपैयाँ रहेको छ ।


Back_to_top