यस्ता परिर्वतनसहित आउँदै, नयाँ पल्सर–१५० एबीएस

बजाजको पल्सर–१५० एबीएस यही अक्टोबर महिनामा सार्वजनिक हुने भएको छ । मिडिया रिपोर्टकाअनुसार पल्सर–१५० एबीएस निर्माण सकिएको छ । सुरक्षाका लागि यस मोटरसाइकलमा सेफ्टी अपडेट गरिएको छ भने, रियर डिस्क–ब्रेक तथा ड्यूल च्यानल एबीएस जडान गरिएको छ । 

यस मोटरसाइकलको ब्रेकिङ सिस्टम पनि निकै अपग्रेड गरिएको छ । कम्पनीले २०१९ बाट भारत सरकारले अनिवार्य एबीएस हुनुपर्ने नियम लगाएकाले कम्पनीले आफ्नो वेस्ट सेलिङ मोडलमा एबीएस अपग्रेड गरेको हो । 

पल्सर–१५० एबीएसको साइलेन्सर एन्ड क्यानिस्टर बजाजकै यसअघिको रेगुलर मोडलको तुलनामा केही ठूलो बनाएको छ । यस मोटरसाइकलमा १४९ सीसी एयरकूल इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले १४ पीएस पावर र १३.४ एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ । 

पल्सर–१५० एबीएसमा पुरानो बजाज पल्सरकै डिजाइन तथा फिचरहरू राखिएको छ भने, केही फिचरहरू थप गरिएको छ । पल्सर–१५० एबीएसमा क्लिप अन ह्यान्डलबार, ट्यूवलेस टायर, एलईडी टेललाइटलगायतका विशेषताहरू राखिएको छ । 

पल्सर–१५० एबीएसमा रेगुलर टेलीस्कोपीक फ्रन्ट–फोर्क तथा फाइभ–स्टेप एड्जस्टेवल ग्यास चार्ज रियर शक एब्जर्वर राखिएको छ । फ्युल ट्याङ्कमा कुनै परिवर्तन नगरिएको यस मोटरसाइकलको फ्युल ट्याङ्क क्यापासीटी १५ लिटर रहेको छ । यस मोटरसाइकलमा ८०÷१००–१७ फ्रन्ट–टायर तथा १००÷९०–१७ रियर टायर दिइएको छ ।

बजारमा पल्सर–१५० एबीएस दुई भेरियन्टका साथ आउनेछ । ड्यूल च्यानल एबीएस र नयाँ फिचरकासाथ आएको नयाँ पल्सर–१५० एबीएसको मूल्य भने ९० हजार भारतीय रुपैयाँ पर्नेछ । 

भारतीय बजारमा सार्वजनिक भएको करिब तीन महिना भित्र उक्त बाइक नेपाली बजारमा आउने छ । बजाज पल्सर १५० नेपाली बजारमा सर्वाधिक बिक्री हुने मध्यको एक मोडल हो । 


Back_to_top