काठमाडौं । चिनियाँ मोटर उत्पादक कम्पनी विलिङले १३ हजार २०० अमेरिकी डलर मूल्य बराबरमै इलेक्ट्री सेडान कार बजारमा ल्याएको छ । चीनमा सार्वजनिक भएको यो सेडानको प्रि-सेल्स ग्वान्झाओ अटो शोमा भएको थियो ।
विलिङ स्टारलाइट नाम दिइएको सेडान कारलाई कम्पनीले प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक भर्सनमा ल्याएको हो । चिनियाँ ब्राण्ड एसएआईसी, विलिङ र अमेरिकी ब्राण्ड जनरल मोटर्सको संयुक्त लगानी रहेको विलिङ नेपालमा पनि उपलब्ध ब्राण्ड हो ।
बजेट कार निर्माणमा अग्रसर कम्पनीको विङ्गो ह्याचव्याक मोडल चाँडै नेपालमा पनि उपलब्ध हुने जनाइएको छ । अहिले विलिङ एयर यहाँ बिक्री हुँदै आएको छ ।
नयाँ सेडान कार विलिङ स्टारलाइन ५ सिट क्षमताको हो । यसको लम्बाई ४८३५ एमएम, चौडाई १८६० एमएम र उचाई १५१५ एमएम रहेको छ । यसमा २८ एमएम लामो ह्वीलवेस रहेको छ ।

लिथियम आयोन फस्फेट ब्याट्रीको साथमा आउने कारमा कुन साइजको ब्याट्री छ भन्ने विवरण सार्वजनिक भएको छैन । यसमा मोटर भने ७५ किलोवाटको रहनेछ ।
यसको प्लगइन हाइब्रिड मोडलमा भने ९.५ र २०.५ किलोवाट क्षमताको दुई फरक साइजको एलएफपी ब्याट्री रहने छ । यसमा बुट स्पेश भने ५४० लिटर क्षमताको हुनेछ ।

