काठमाडौं । आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ योजना ल्याएको छ । अशोक लेल्याण्ड गाडीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आइएमईले चालकहरूलाई स्वरोजगार बनाउने उद्देश्यले यो योजना ल्याएको हो ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत १ लाख ५० हजार रुपैयाँ पेमेन्टमा दोस्त गाडी खरिद गर्न सकिने छ । ग्राहकले सहुलियत ब्याजदरमा बिना धितो ८० प्रतिशतसम्म कर्जा पाउने कम्पनीले जनाएको छ ।
यो अफर अशोक लेल्याण्डका लाइट कमर्सियल भेइकल (दोस्त) सिरिजका गाडीहरूमा मात्र लागू हुनेछ । ग्राहकले गाडी खरिदमा ५ वर्षको वारेन्टी सुविधा पाउने छन् ।
कम्पनीेका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरनिकलले चालकलाई स्वरोजगार बनाउने उद्देश्यले यो योजना ल्याएको बताए । ‘हामीले गत वर्ष पनि यसप्रकारको योजना ल्याएको थियो, चालकहरूलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार अभियान सञ्चालन गरिएको हो,’ उनले भने ।
अरुको गाडी चलाइरहेका चालकलाई आफ्नै गाडी खरिद गरी व्यापार व्यवसाय गर्न तथा स्वरोजगार बन्न यो योजना लाभान्वित हुने उनको भनाइ छ ।
शक्तिशाली डिजेन इन्जिनमा उपलब्ध यो गाडी पावर डेलिभरीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।


