काठमाडौं । भारतीय लिडिङ मोटरसाइकल निर्माता कम्पनी बजाजले ५०० सीसी मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले ५०० सीसी मोटरसाइकलको ट्रेडमार्क दर्ता गराएसँगै ५०० सीसी मोटरसाइकल ल्याउने चर्चा भएको हो ।
बजाज अटोले निकट भविष्यमा नै ४०० सीसीको मोटरसाइकल सार्वजनिक गर्दैछ भने अहिले ५०० सीसी मोटरसाइकलको ट्रेडमार्क दर्ता गराएको हो ।
कम्पनीले बजाज ट्वीनरको नामबाट ट्रेडमार्क दर्ता गराएको छ । यो ५०० सीसी क्षमताको क्याफे रेसर डिजानइमा हुनेछ ।
उत्पादनमा आउँदा यसको नाम पल्सर ५०० ट्वीनर हुन सक्नेछ भने, यसमा ४९० सीसी इन्जिन हुनेछ । यसको ६० हर्सपावर तथा ५० एनएम टर्क जेनेरेट गर्न सक्छ ।
बजाजको यो प्रिमियम मोटरसाइकलमा राइड वाइ वायर, क्वीक सिफ्टर, स्लिपर क्लच जस्ता फिचर हुनेछ ।
बजाजको पोर्टफोलियोमा हालसम्म् ३७० सीसी इन्जिनसम्म रहेको छ । तर कम्पनीले भारतीय बजारमा अन्य ब्राण्डसँग सहकार्य गरेर ४०० सीसी इन्जिनका मोटरसाइकल उत्पादन गर्दे आएको छ ।
कम्पनीले निकट भबिष्यमा नै पद्यरि आरएस ४०० ल्याउने तयारी गरिरहेको छ । आगामि दुई महिनामा नै एनएस ४०० सार्वजनिक हुने अनुमान गरिएको छ ।


