६१ वर्ष पुरानो कारले पायो ६ अर्व ९० करोड

काठमाडौं । तपाई कुनै रिकन्डिसन कारमा कति रकम खर्च गर्नु हुन्छ ? १० लाख २० लाख वा ५० लाख गाडी हेरर भन्ने जवाफ तपाईको होला । तर, ६१ वर्ष पुरानो कार ६ अर्व ८९ करोड ४९ लाख रुपैयाँ (५ करोड १७ लाख ५ हजार अमेरिकी डलर) मा बिक्री भएको हो ।

सन् २०२३ मा हजारौंको संख्यामा लिलाम बिक्री भएका छन् । त्यस मध्ये सबैभन्दा महंगो मूल्यमा बिक्री भएको कार सन् १९६२ मा बनेको ‘फेरारी ३३० एलएम/२५० जिटीओ’ हो ।

यो पुरानो कारमा ४.० लिटर क्षमताको भी-१२ क्षमताको इन्जिन रहेको छ । यो कारलाई अनलाइन मार्फत लिलाम बिक्री गरिएको थियो । कार इन्थुजियास्टहरुले लिलाम बिक्रीमा सहभागिता जनाएका थिए ।

महंगो मूल्यमा बिक्री भएका कारको सूचीमा दोस्रो स्थानमा पनि फेरारीकै ४१२ पी मोडल छ । यो मोडल सन् १९६७ मा बनेको हो । यसलाई लिलामी गर्दा ३ करोड २ लाख ५५ हजार अमेरिकी डलरमा बिक्री भएको हो ।

सूचीको तेस्रो स्थानमा मर्सिडिजको पेट्रोनास एफ वान डब्लू–०४ पर्न सफल भयो । यसलाई लिलामी गर्दा १ करोड ८८ लाख १५ हजार अमेरिकी डलर मूल्य लगाइएको थियो ।

सूचीमा चौथो स्थान पनि फेरारीले नै कब्जा जमायो । उसको १९६२ फेरारी २४० जिटीलाई १ करोड ८० लाख ४५ हजार डलर मूल्य लगाइएको थियो ।

सूचीको पाँचौ स्थानमा पनि फेरारी कै १९६४ मा बनेको फेरारी २५० पर्न सफल भएको छ । यसमाथि १ करोड ७५ लाख २० हजार ६५ डलर बोली लागेको थियो ।


Back_to_top