काठमाडौं । नेपाली बजारमा यामाहा रेजेडआर १२५ को हाइब्रिड भर्सन बिक्री सुरू भएको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइड्सले गत सातादेखि बिक्री सुरू गरेको हो ।
कम्पनीले नेपाली बजारमा जेडआर १२५ हाइव्रिडको टप भेरियन्टको मूल्य ३ लाख ४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ । यामाहा रे जेडआर १२५ को अपग्रेडड भर्सनको रूपमा सार्वजनकि भएको यो स्कुटरमा ब्रस गार्ड, साइड मेटल प्लेट वाइडर टायर दिइएको छ ।
यो स्कुटरमा १२५ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । यसले ८.२ पीएस पावर तथा १०.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा प्रयोग भएको हाइब्रिड टेक्नोलोजीले यसको टर्क थोरै वृद्धि भएको छ ।
यो स्कुटरमा अटोमेटीक स्टपरस्टार्ट सिस्टम उपलब्ध छ, जसले यो स्कुटरको माइलेज अझै राम्रो बनाउने कम्पनीको दाबी छ । हाइब्रिड रेजेड आरमा एलइडी पोजिशन हेडलाइट, डिजिटल कन्सोल, वाइ कनेक्टजस्ता फिचर समावेश छन् ।
कम्पनीका अनुसार यो स्कुटरको इनिशियल (सुरूआति) पिकअपमा सुधार आएको छ ।


