काठमाडौं । एथरले नयाँ प्रिमियम स्कुटर ६ दिनपछि सार्वजनिक गर्ने भएको छ । कम्पनीले जनवरी ६ देखि एथरको आधिकारिक बिक्री सुरू गर्ने भएको हो ।
कम्पनीले यसअघि नै एपेक्सको बुकिङ खुला गरिसकेको छ । एथर एपेक्स कम्पनीको सबैभन्दा तीव्र गतिमा कुद्न सक्ने स्कुटर हुनेछ ।
यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ भने यो स्कुटर ०-४० को स्पीड मात्र ३.३ सेकेन्डमा पूरा गर्न सक्छ ।
यो स्कुटरमा ६.४ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने यसले २६ एनएम टर्क जेनेरेट गर्छ । यससमा ३.७ किलोवाट आवरको लिथियम आयन ब्याट्री उपलब्ध हुनेछ ।
नयाँ टेक्नोलोजी, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पूरा एलईडी लाइट, ट्रान्सपरेन्ट प्यानलले गर्दा स्कुटरको डिजाइन लुक्स निकै आकर्षक देखिन्छ । एथरको नयाँ स्कुटरको पर्फमेन्समा पनि निकै राम्रो हुने अनुमान गरिएको छ ।


