काठमाडौं । सोडियम आयोन ब्याट्रीमा धेरै कम्पनीले खोज र अनुषन्धान गरिरहेका छन् । यसैबीच चिनियाँ कम्पनीले सोडियम आयोन ब्याट्रीमा विद्युतीय कार नै सार्वजनिक गरेको हो ।
फरासीस इनर्जी नाम कम्पनीले उत्पादन गरेको सोडियम आयोन ब्याट्रीको प्रयोग गरेर ‘जीयाङलीङ मोटर ग्रुप’ले विद्युतीय कार चिनियाँ बजारमा ल्याएको हो । जेएम ईभी ब्राण्ड नेमबाट उत्पादन भएको मोडलको नाम ‘ईभी–३’ राखिएको छ । यसमा रहेको ब्याट्रीले सिंगल चार्जमा २५१ किलोमिटरको रेन्ज दिने बताइएको छ ।
जेएम ईभीले ईभी-३ कम्प्याक्ट अल इलेक्ट्रीक कारमा २१.४ किलोवाट आवरको सोडियम आयोन ब्याट्री दिएको छ । साथै, यसमा ३१.१५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री पनि उपलब्ध छ ।
मूल्यको हिसवले सोडियम आयोन ब्याट्री भएको मोडल केही सस्तो छ । सोडियम ब्याट्री भएको कार ५८ हजार ८०० युवान र लिथियम आयोन ब्याट्री भएको ईभी-३ को मूल्य ६२ हजार ८ सय युवान रहेको छ ।

यसमा प्रयोग भएको सोडियम आयोन ब्याट्रीको इनर्जी डेन्सीटी १४० देखि १६० वाट आवर प्रतिकेजी छ । यो ब्याट्रीले पीन प्रिक, ओभर चार्जिङ र एक्सटर्सन जस्ता टेस्ट पुरा गरेको छ । कम्पनीले सेकेन्ड जेनेरेशनको सोडियम आयोन ब्याट्री सन् २०२४ मा लन्च गर्ने योजना बनाएको छ । यसको इनर्जी डेन्सीटी १६० देखि १८० वाट आवर प्रतिकेजी रहने जनाइएको छ ।
त्यसैगरी अर्को चिनियाँ अटोमोवाइल कम्पनी जेएसीले पनि ‘हिना ब्याट्री’ले उत्पादन गरेको सोडियम आयोन ब्याट्री प्रयोग गरेर ईभीको उत्पादन सुरु गरेको छ । जेएसीका इवे ब्राण्डको ईभीमा हिना ब्याट्रीले उत्पादन गरेको सिलीड्रिकल सेपको ब्याट्री प्रयोग भएको हो ।

कम्पनीको सोडियम आयोन ब्याट्री प्रयोग भएको कारमा २५ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । यसको इनर्जी डेन्सीटी भने १२० वाट आवर प्रतिकेजी छ । यसको रेन्ज २५२ किलोमिटर रहने कम्पनीले दावी गरेको छ ।


