एक वर्षमै भारतमा बिक्यो १५ लाख २९ हजार विद्युतीय साधन

काठमाडौं । भारतीय बजारमा सन् २०२३ मा १५ लाख २९ हजार ९४७ यूनिट इलेक्ट्रीक भेहिलक बिक्री भएको छ । फेडेरेशन अफ अटोमोवाइल डिलर एशोसियशन (फाडा) ले जारी गरेको तथ्यांक अनुसार विद्युतीय साधनको बिक्रीमा उच्च वृद्धि भएको हो ।

सन् २०२२ को तुलनामा २०२३ मा ४९.२५ प्रतिशतले विद्युतीय साधनको बिक्री बढेको फाडाको तथ्यांकमा देखिएको हो । सन् २०२२ मा भारतमा १० लाख २५ हजार ६३ यूनिट विद्युतीय साधन बिक्री भएको थियो ।

भारतमा बिक्री भएको विद्युतीय साधनमा सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारीसाधन छन् । सन् २०२२ मा ६ लाख ३१ हजार ४६४ यूनिट दुई पाङ्ग्रे बिक्री भएकोमा सन् २०२३ मा ३६.०९ प्रतिशतले बढेर ८ लाख ५९ हजार ३७६ यूनिट पुगेको हो ।

त्यस्तै दोस्रो धेरै सख्यामा भारतमा ३ पाङ्ग्रे विद्युतीइ साधन बिक्री भएका छन् । सन् २०२३मा ५ लाख ८२ हजार ७९३ युनिट तीन पाङ्ग्रे बिक्री भयो । जुन अघिल्लो वर्षको ३ लाख ५२ हजार ७१० भन्दा ६५.२३ प्रतिशतले बढि हो ।

 

चौथो धेरै इभी बिक्री प्यासेन्जर भेहिकलको भएको छ । सन् २०२२ मा ३८ हजार २४० वटा प्यासेन्जर भेहिकल बिक्री भएको मा सन् २०२३ यो संख्या ११४.७१ प्रतिशतले बढेर ८२ हजार १०५ यूनिट पुगेको हो ।

भारतमा विद्युतीय कमर्शियल भेहिकलको बिक्री पनि ११४.६ प्रतिशतले बढेको छ । सन् २०२२ मा २ हजार ६४९ यूनिट कमर्शियल विद्युतीय राधन बिक्री भएकोमा सन् २०२३ मा ५ हजार ६७३ यूनिट पुगेको हो ।


Back_to_top