पोखरा । पोखरामा बीवाइडीको अत्याुधिनक थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्सस) सर्भिस सेन्टर संचालनमा आएको छ ।
साइमेक्स इंकको पोखराका लागि धिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिले पोखरा महानगरपालिका-१०, बुद्धचोकस्थित यो नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको
यो नयाँ शोरुमले गण्डकी प्रदेश र आसपासका क्षेत्रका बीवाइडी ग्राहकलाई अझ सहज, भरपर्दो र स्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराई अपनत्वको अनुभव दिलाउने अपेक्षा गरिएको छ।
बीवाइडीले नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु कम्पनीका लागि अर्को महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। साथै, ग्राहकलाई सवारी बिक्री पश्चात समेत सुपेरियर र सिन्सेयर सर्भिस प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यसले थप मजबुत बनाएको कम्पनीको भनाइ छ।
यसअघि पोखराका बीवाइडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा प्राप्त गर्दै आएका थिए। अब भने आधिकारिक बीवाइडी सर्भिस सेन्टर सञ्चालनमा आएसँगै ग्राहकले बीवाईडीकै आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्न सक्नेछन्।
करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक सर्भिस सेन्टर विशेष रूपमा विद्युतीय सवारीसाधनको मर्मत तथा सेवा सम्बन्धी आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको हो।
सर्भिस सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाइभोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे लगायतका सुविधा उपलब्ध छ। सो सेन्टरले दैनिक १५ देखि १६ वटा
सवारीसाधनलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्दछ, जसबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै सेवा अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
सर्भिस सेन्टरमा ग्राहकले नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट सेवा, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस, जेन्युइन स्पेयर पार्ट्सका साथै डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा पाउने छन् ।
साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले ग्राहक केन्द्रित सेवामार्फत उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने प्रतिबद्धता अनुसार पोखरामा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याइएको बताए ।
‘बीवाइडीको सवारी खरिद गर्नु भनेको ग्राहकसँगको हाम्रो सम्बन्धको सुरुवात मात्र हो। हाम्रो जिम्मेवारी सम्पूर्ण स्वामित्व अवधिभर कायम रहन्छ। पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा ग्राहक–केन्द्रित सेवामार्फत उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो, उनले भने ।


