सुजुकी ‘जिक्सर–आर १५० एबीएस’, अहिलेसम्मकै सुरक्षित भएको कम्पनीको दाबी

सुजुकी टु ह्वीलरले इन्डोनेसिया मोटर शो २०१८ मा आफ्नो नयाँ बाइक ‘जिक्सर–आर १५० एबीएस’लाई सार्वजनिक गरेको छ । कम्पनीको दाबी अनुसार सुजुकीको अहिलेसम्मकै सबैभन्दा सुरक्षित बाइकको सुची यो पहिलो स्थान पर्छ ।

कम्पनीले डियुल च्यानल एबीएस भेरिएन्टलाई नेपाली रुपैयाँ २ लाख ५६ हजार मूल्य पर्नेगरी इन्डोनेसियाली बजारमा बिक्री गर्न लागेको हो । 

पुरानो जिक्सरको तुलनामा यसको लुक्समा कुनै परिर्वतन गरिएको छैन । कम्पनीले जिक्सरलाई नयाँ थप कलर भेरिएन्टमा भने सार्वजनिक गरेको छ । नयाँ रेड कलरसहित आएको बाइकको बडीमा भने सुजुकीले निकै ठूलो ब्रान्डिङ गरेको छ । भिजिबल रिङ्गको साथमा आएको नयाँ जिक्सर–आर१५०मा नयाँ पेटल डिस्क ब्रेक दिइएको छ । 

डियुल च्यानल भेरिएन्टको अलावा अन्य दुई सस्तो भेरिएन्टमा समेत बाइकलाई सार्वजनिक गरिएको छ । जसको मूल्य नेपाली रुपैयाँ २ लाख २५ हजार र २ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

पाँच कलर भेरिएन्टमा उपलब्ध यो बाइक सोलीड ब्ल्याक, स्ट्रङगर रेड, टाइटन ब्ल्याक, ट्रीटोन ब्ल्यू र ब्रिलिएन्ट ह्वाइट अप्सनमा उपलब्ध रहेको छ । १४७.३ सीसी सिंगल सिलिन्डर इन्जिनमा उपलब्ध रहेको छ, जसले १९ बीएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ६ स्पीड म्यानुयल गिएरबक्स दिइएको छ । 

११ लिटर क्षमताको फियुल ट्याङक दिइएको यो बाइक दक्षिण एसियाली बजारमा समेत सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । तर, कुन मिति र कहिले सार्वजनिक गर्ने भन्ने बिषयमा भने केही खुलाइएको छैन ।


Back_to_top