काठमाडौं । महिन्द्राको सुपरस्टार मोडल स्कर्पियो एनको १ लाख यूनिट बिक्री पुरा भएको छ । सन् २०२२ को जुलाई महिनामा वल्र्ड प्रिमियर भएको स्कर्पियो एन सुरुवातदेखि नै प्रति महिना ८ हजार यूनिट बिक्री भइरहेको हो ।
स्कर्पियो एनले मिडसाइज एसयूभी सेग्मेन्टमा भारत, दक्षिण अफ्रिका तथा नेपालमा राम्रो बजार पाएको छ । महिन्द्राको स्कर्पियो एनको प्रतिस्पर्धा भारतीय बजारमा एमजी हेक्टर, टाटा सफारी र ह्यारीयर, जीप कम्पास जस्ता मोडलहरुसँग हुँदै आएको छ ।
आकर्षक बल्की डिजाइनको एसयूभी स्कर्पियो एन २.० लिटरको पेट्रोल तथा २.२ लिटर डिजेल इन्जिन अप्सनमा पाउन सकिन्छ । ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटीक गियरबक्समा उपलब्ध स्कर्पियो एन अहिले पनि भारतमा हजारौं मानिस बुकिङ गरेर प्रतिक्षा गरिरहेका छन् ।
नेपाली बजारमा भने डिजेल इन्जिनमा मात्रै उपलब्ध स्कर्पियो एन ८१ लाख ५० हजारदेखि १ करोड २४ लाख रुपैयाँसम्म मूल्य तोकेर अग्नी इनकर्पोरेट प्रालिले बिक्री गर्दै आएको छ ।

