रोयल इनफिल्ड ‘लेडी राइडर्स रोड सेफ्टी ट्रेनिङ’ कार्यक्रम सम्पन्न

काठमाडौं । रोयल इनफिल्डले लेडी राइडर्स रोड सेफ्टी राइड ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अल्फा अटोमोटिभले लेडी राइडर्स गेट टूगेदर तथा रोड सेफ्टी ट्रेनिङ’ कार्यक्रम सम्पन्न गरेको हो ।

सेफ्टी अर्वानेश, मोटरसाइकल टूरिङ, महिला सशक्तिकरण, व्यवस्थित सवारी प्रवर्द्धन जस्ता उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ ।

उक्त कार्यक्रममा ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु र रोयल इनफिल्डले टिमले राइडर्सलाई रोड सेफ्टी ट्रेनिङ प्रदान गरेको थियो ।

कम्पनीले विभिन्न समयमा आयोजना गर्ने रोयल इनफिल्ड कम्यूनिटि राइडहरुमा लेडि राइर्डसहरुको सहभागीता गराउँदै आएको छ ।


Back_to_top