कम मूल्यको एथर ४५० शनिवारबाट बिक्री सुरु हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं । स्पोर्टी इलेक्ट्रीक स्कुटर एथरको नयाँ मोडल नेपालमा बिक्री सुरु हुने भएको छ । आगामी शनिवारबाट बिक्री सुरु गर्ने तयारी भएको ‘एथर ४५० एस’ पोखराबाट बिक्री सुरु हुन लागेको हो ।

एथरको नेपालका लागि आधिकारिक बितरक कम्पनी वैद्य अर्गनाइजेसन अन्तर्गतको बैद्य्ज इनर्जीले एथर ४५० एस इलेक्ट्रीक स्कुटर पहिलेकोभन्दा कम मूल्यमा बिक्री सुरु गर्न लागेको हो ।

चार महिना अगाडि मात्रै नेपाली बजारमा प्रबेश गरेको एथर स्कुटरले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यस्तोमा ३ लाख ५० हजार हाराहारी मूल्य राखेर नयाँ मोडल बजारमा ल्याउन लागेको हो । जुन ४५० एक्सभन्दा झण्डै ५० हजार रुपैयाँ सस्तो हुनेछ ।

यस्तो छ एथरको ४५० एस स्कुटर

एथर ४५० एस स्कुटरमा २.९ किलोवाट आवरको लिथियम आयन ब्याट्री रहेको छ भने यसमा ५.४ किलोवाट क्षमताको पिएमएसएम मोटरमा जोडिएको छ । उक्त मोटरले अधिकतम २२ एनएमको पीक टर्क जेनेरेट गर्नेछ ।

यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गर्न सामान्य चार्जरलाई करिब ८ घण्टा ३० मिनेटको समय लाग्ने छ । एक पटकको फुल चार्जमा यो स्कुटरले अधिकतम ११५ किलोमिटर रेन्ज दिनेछ । यसको टप स्पीड क्षमता भने ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

एथर ४५० एसमा ड्यूल डिस्कब्रेक, अलोय ह्वील, चेन ड्राइभ, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मोनोसक सस्पेन्सन दिइएको छ ।

१०८ किलोग्राम तौल रहेको स्कुटरमा ७ इन्चको टिएफटी डिजिटल डिस्प्ले, पुरा एलइडी लाइट, टेल लाइट, डिआरएल र पासिङ लाइट पनि दिइएको छ ।

त्यसैगरी, स्टार्ट किल स्वीच, ओटीए अपडेट सिस्टम, राइडिङ मोड, रिभर्स मोड, सेन्ट्रल लुकिङ सिस्टम, एन्टिथेप्ट सिस्टम, ब्लुटुथ, वाइफाई कनेक्टिभिटी सिस्टम र मोबाइल एपको माध्यमबाट स्कुटर कन्ट्रोल गर्न सकिने सिस्टम दिइएको छ ।


Back_to_top