बिना ब्याजै बीजीका इलेक्ट्रीक स्कुटर किन्न सकिने

काठमाडौं । बीजी ब्राण्डका इलेक्ट्रीक स्कुटर शून्य प्रतिशत ब्याजदरमै किन्न सकिने भएको छ ।

अग्नि ग्रुप अन्तर्गतको दुईपाङग्रे सवारी वितरक कम्पनी अग्नि मोटोइंकले ल्याएको विशेष अफरमा यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार ग्राहकले बीजी ब्राण्डका आरयूभी ३५० आइइएक्स, आरयूभी ३५० म्याक्स, सी १२ आइइएक्स र सी १२ म्याक्स ३.० मोडलका स्कुटर शून्य प्रतिशत ब्याजदर फाइनान्स सुविधामा खरिद गर्न सक्ने छन् ।

ग्राहकले यो सुविधामा स्कुरट खरिद गर्न सुरूमा मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ । बाँकी रकम २ वर्ष भित्र किस्ताबन्दीमा तिर्नुपर्नेछ । यसमा कुनै ब्याज र अन्य शुल्क तिर्नुनपर्ने कम्पनीले जनाएको छ ।

अग्नि ग्रुपले नाइमा मोबिलिटी एक्सपो २०२५ बाट पहिलो पटक बीजी स्कुटरको नेपालमा बिक्री सुरू गरेको थियो । नेपालमा बीजीको आरयूभी ३५० आइइएक्सको मूल्य २ लाख ७९ हजार ४०० रुपैयाँ, आरयूभी ३५० म्याक्सको ३ लाख २५ हजार ३०० रुपैयाँ, सी १२ आइईएक्सको २ लाख २८ हजार ४०० रुपैयाँ र सी १२ म्याक्स ३.० को ३ लाख ४ हजार ९०० रुपैयाँ रहेको छ ।

मूल्य अनुसार यी स्कुटरहरूको सुरूआती ईएमआई रकम ४ हजार ७६० रुपैयाँदेखि ६ हजार ७८० रुपैयाँसम्म पर्नेछ ।

भारतमा निर्मित यी चारै स्कुटर सहरी तथा दैनिक यात्राका लागि उच्च पर्फमेन्स दिने, आधुनिक सुरक्षा फिचर र प्रविधियुक्त सेग्मेन्टका रूपमा पर्छन् ।


Back_to_top