विगत ८ वर्षदेखि हरेक ५ मिनेटमा एउटा क्रेटा बिक्री

काठमाडौं । हुन्डाईले भारतीय बजारमा १० लाख यूनिट क्रेटा बिक्री पुरा गरेको छ । सन् २०१५ बाट बजारमा आएको क्रेटाले ८ वर्षभन्दा कम समयमा १० लाख यूनिट बिक्री पुरा गरेको हो ।

क्रेटा बजारमा आएदेखिको समय हिसाव गर्दा गरेक ५ मिनेटमा एक यूनिट बिक्री भएको हुन्डाई मोटर इन्डियाले जनाएको छ । कम्पनीको सर्वाधिक सफल मोडललाई केही दिनअघि मात्रै फेसलिफ्टको रुपमा बजारमा आएको थियो । नयाँ क्रेटाले पहिलो महिना नै ६० हजार यूनिट बुकिङ पाएको कम्पनीको भनाइ छ ।

भारतमा उत्पादन भएको क्रेटा २ लाख ८० हजार यूनिट निर्यात भएको कम्पनीले जनाएको छ । भारतमा बनेको क्रेटा नेपाली बजारमा पनि ठूलो संख्यामा उपलब्ध छ ।

‘हामीले भारतमा आफ्नो उत्पादन बलियो बनाएका छौं । मेक इन इन्डिया कार्यक्रममा हाम्रो प्रतिबद्धतालाई क्रेटाको बिक्रीले देखाउँछ । यो अवधिमा क्रेटा भारत बाहिर पनि २ लाख ८० हजार यूनिट निर्यात भएको छ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

हुन्डाईले भारतमा बिक्री सुरु गरेको नयाँ फेसलिफ्ट क्रेटा अबको केही महिना भित्रै नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ । साथै, क्रेटा अब इलेक्ट्रीक अप्सनमा पनि उपलब्ध हुनेछ ।


Back_to_top