काठमाडौं । रोयल इनफिल्डले हन्टर कार्निभल गर्ने भएको छ । कम्पनीले फागुन १२ गते शनिवार हन्टर कार्निभल गर्ने भएको हो ।
रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अल्फा अटोमोटिभले आयोजना गर्ने कार्निभलमा विभिन्न गेम तथा कार्यक्रम आयोजना हुनेछ । काठमाडौंको शंखमुलमा रहेको ‘इजी वे ट्रायल सेन्टर’मा उक्त कार्निभल आयोजना गर्न लागेको हो ।
उक्त हन्टर कार्निभलमा स्लो रेस, टेष्ट राइड, भिन्टेज मोटरसाइकल प्रदर्शन, म्युजिकल पर्फमेन्स, फुड स्टल लगायतका अन्य विभिन्न कार्यक्रमहरु रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले केही समय अघिमात्र नेपाली बजारमा सार्वजनिक गरेको हन्टर सबैभन्दा कम मूल्यको रोयल इनफिल्ड मोटरसाइकल हो । उक्त कार्निभलमा जोसुकैले पनि सहभागिता जनाउन सक्नेछन् ।
उक्त कार्यक्रममा मोटरसाइकल एक्सचेन्ज, मोटरसाइकल फाइनान्स, राइडिङ गियर्स लगायत विभिन्न एसेसरिजहरु समेत उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


