काठमाडौं । माघ महिनामा १ हजार ५२ यूनिट इलेक्ट्रीक कार आयात भएको छ । माघमा ५० किलोवाटभन्दा कम क्षमताको कार आयात बढेसँगै आयातले १ हजार ५२ यूनिटको आँकडा भेट्टाएको हो ।
माघ महिनामा भारतबाट मात्रै ४५८ यूनिट विद्युतीय कार आयात भएको छ । चीनबाट पनि १६० यूनिट इलेक्ट्रीक चार पाङ्ग्रे आयात भएको देखिन्छ । चीनबाट भएको आयातमा सबैभन्दा धेरै इलेक्ट्रीक माइक्रो भ्यान रहेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा ६ हजार १५९ यूनिट विद्युतीय चारपाङ्ग्रे आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । माघ महिनाको आयातको आधारमा ५० किलोवाटसम्म क्षमता भएका विद्युतीय गाडीको संख्या ६ सय १८ यूनिट रहेको छ ।
त्यसैगरी ५१ किलोवाटदेखि १०० सम्मका विद्युतीय साधनको आयात ४२४ यूनिट भएको छ । यी सबै आयात चीनबाट भएको हो । माघमा भारतबाट ५१ देखि १०० किलोवाट क्षमताका इलेक्ट्रीक साधन आयात भएको देखिदैन ।


