विश्वका एक दर्जनभन्दा धेरै देशमा बन्ने मोटरसाइकल आउँछन् नेपाल

काठमाडौं । नेपालमा धेरैजसो मोटरसाइकल भारत र चीनबाट आयात हुने गरेको छ । भारतबाट आयात हुन मोटरसाइकलको संख्या अत्याधिक छ ।

जापानीज मोटरसाइक भनेर परिचित ब्रान्डका मोटरसाइकहरु पनि भारतमै उत्पादन भएर नेपाल आउने गरेका छन् ।

भारतबाट नेपाल आयात हुने मोटरसाइकलमा चर्चित रोयल इनफिल्ड, होन्डा, बजाज, यामाहा, हिरो, टीभीएस, सुजुकी जस्ता ब्रान्ड रहेका छन् । यी मोटरसाइकल ब्रान्ड नेपालहरु माझ परिचित छन्् ।

यी मध्ये सुजुकी, यामाहा र होन्डा जापानी ब्रान्ड हुन भने भारतीय उत्पादन धेरै नेपाल आउँने गरेको छ । बजाज, हिरो, टिभीएस, ‘रोयल इनफिल्ड’ भारतीय ब्रान्डका मोटरसाइकल हुन ।

तर के तपाइहरुलाई थाहा छ ? नेपालमा भारत, चीन लगायत विभिन्न १० देशबाट मोटरसाइकल तथा स्कुटर आयात हुँदै आएको छन् ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा भारत, चीन लगायत ताइवान, थाइल्याण्ड, स्वीजरल्याण्ड, फिनल्याण्ड, इन्डोनेशिया, मलेसिया, तान्जानिया र अस्ट्रेलिया रहेको छ । नेपालमा स्वीजरल्याण्ड, ब्राजिल, इटाली, अस्ट्रिया, अमेरिका र अस्ट्रेलिया जस्ता देशहरुबाट समेत मोटरसाइकल आयात हुने गरेका छन् ।

नेपालमा धेरै अयात हुने मोटरसाइकल सेग्मेन्टमा १२५ सीसीदेखि २०० सीसीका मोटरसाइकल भारतबाट आयात हुँदै आएको छ । त्यसका अलावा ३५० सीसीसम्मका मोटरसाइकल धेरैजसो भारत र चीनबाट आयात हुने गरको ।

४०० सीसीदेखि माथिका मोटरसाइकलहरु फिनल्याण्ड, अस्ट्रेलिया, थाइल्याण्ड जस्ता तेस्रो मुलुकहरुबाट आयात हुँदै आएको छ ।

पछिल्लो समय नेपालमा हार्ले डेभिडसन, डुकाटी, एमभी अगष्टा जस्ता मोटरसाइकलको बिक्री हुन नसकेको कारण अमेरिका तथा इटालीबाट मोटरसाइकल आयात हुन छाडेको छ ।

यामाहाले ब्राजिलमा उत्पादन भएको एक्सटीजेड नेपाल ल्याएर बिक्री गर्दै आएको थियो । चालु आर्थिक वर्षमा भने ब्राजिलबाट मोटरसाइकल आयात भएको देखिदैन् ।


Back_to_top