जीपले फिर्ता बोलायो २ लाख यूनिट एसयूभी, यस्तो छ कारण

काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्ट जीपले एकै पटक २ लाख यूनिट हाइब्रिड एसयूभीमा समस्या आएको भन्दै समाधानको लागि फिर्ता बोलाएको छ । कम्पनीले आफ्नो सफल हाइब्रिड मोडल ‘र्‍याङलर फोरएक्सई’ र ‘ग्राण्ड चेरोकी फोरएक्सई’ अमेरिकी बजारमा फिर्ता बोलाएको हो ।

अमेरिकी नेशनल हाइवे ट्राफिक सेफ्टी एड्मिस्ट्रेशनका अनुसार गाडीको विन्डसिल्डमा दिइएको डिफरेष्ट सिस्टममा समस्या आएको जनाएपछि कम्पनीले गाडी बोलाएको हो । सन् २०२१-२०२४ को सुरुवातसम्म बनेका र्‍याङलर र २०२२ देखि अहिलेसम्म बनेका ग्राण्ड चेरोकीमा यस्तो समस्या देखिएको हो ।

ग्राण्ड चेरोकी हाइब्रिडमा दिइएको ‘हाइब्रिड कन्ट्रोल प्रोसेसर सफ्टवेयर’मा समस्या देखिएको छ । जसको कारण १ लाख ३९ हजार ३१८ यूनिट र्‍याङलर र ५९ हजार ८२५ यूनिट ग्राण्ड चेरोकीमा समस्या देखिएको हो । अब यी गाडी कम्पनीले निःशुल्क बनाएर ग्राहकलाई दिनेछ ।

यसको लागि कम्पनीले सबै गाडीमा रहेको ‘हाइब्रिड कन्ट्रोल प्रोशेसर’ अपग्रेड गर्ने जनाएको छ । साथै, अपग्रेड गरिएको प्रोशेसर नयाँ उत्पादनमा भने प्रयोग गर्न थालिएको कम्पनीको भनाइ छ ।


Back_to_top