बन्यो सिंगल चार्जमा १६०० किमी रेन्ज दिने ब्याट्री, वारेन्टी पनि धेरै

काठमाडौं । अमेरिकी कम्पनी ‘ट्वान्टी फोर एम’ले सिंगल चार्जमा १६०० किलोमिटर रेन्ज दिने नयाँ ब्याट्री तयार गरेको जनाएको छ । कम्पनीले फेब्रुअरी १२ तारिखमा नयाँ प्रविधिको ब्याट्री टेक्नोलोजी ‘इटर्नालाइट’ तयार भएको घोषणा गरेको हो ।

‘ट्वान्टी फोर एम’ले बनाएको उक्त ब्याट्री प्रविधिमा लिक्विड इलेक्ट्रोलाइट फर्मूला प्रयोग गरिएको छ । जसले ब्याट्रीको साइकललाई सुधार गर्नुको साथै इनर्जी डेन्सीटी रेट समेत बढाएको छ ।

कम्पनीको उक्त नयाँ ब्याट्री टेक्नोलोजीको सहयोगले अहिले ईभीमा प्रयोग हुँदै आएको स्ट्याण्डर्ड साइजको ब्याट्री प्याकले नै सिंगल चार्जमा एक हजार माइल (१६१० किलोमिटर) रेन्ज प्रदान गर्ने जनाइएको छ ।

परिक्षणको क्रममा उक्त ब्याट्रीलाई ५०० भन्दा धेरै पटक चार्ज र डिस्चार्ज गरेर परिक्षण गरिएको थियो । उक्त परिक्षणमा केबल १७ प्रतिशत ब्याट्री हेल्थ घटेको कम्पनीको दावी छ । उक्त ब्याट्री हेल्थबाट अहिले प्रयोगमा रहेका एनसीएम वा एलएफपी ब्याट्रीभन्दा तीन गुण बढी राम्रो हो । त्यसमो मतलव यसमा वारेन्टी पनि धेरै पाइने छ ।

नयाँ ब्याट्रीमा युनिट सेल डेन्सीटी ३९१ वाटआवर प्रतिकिलो रहेको छ । कमर्शियल प्याक लेवलको प्रयोगमा यसको इनर्जी डेन्सीटी ३५० वाटआवर प्रतिकेजी पाइने कम्पनीको दावी छ ।

‘सेल टु प्याक टेक्नोलोजी’नै नयाँ भएको अहिलेको समयमा ‘ट्वान्टी फोर एम’को ‘इलेक्ट्रोड टु प्याक टेक्नोलोजी’ सबैभन्दा इफिसीयन्ट तरिकाको ब्याट्री बनाउने टेक्नोलोजीको रुपमा अगाडि आएको हो ।

कम्पनीको अनुसार अब यसको परिक्षण गाडीमा हुनेछ । त्यसको परिक्षण पुरा भएसँगै मास प्रोडक्सन सुरु हुने कम्पनीले जनाएको छ ।

विश्वमा इलेक्ट्रीक भेहिकलको प्रयोग बढ्दै गएसँगै विभिन्न कम्पनीहरुले नयाँ नयाँ ब्याट्री टेक्नलोजीको अनुषन्धान गरिरहेका छन् । विश्वका हजारौं कम्पनीहरु नयाँ नयाँ केमीकलको प्रयोगबाट धेरैभन्दा धेरै रेन्ज दिने ब्याट्रीको विकासमा काम गर्दै आएका छन् ।

रेन्जको मामलामा जापानको अटोमोवाइल जायन्ट टोयोटाले सन् २०२८ बाट प्रयोगमा ल्याउने भनिएको सोलीड स्टेट ब्याट्री प्रविधि पनि चर्चामा रहेको छ । यसको ब्याट्रीले सिंगल चार्जमा १४०० किलोमिटर रेन्ज दिनेछ ।


Back_to_top