टेस्ला माेडल-३ फेसलिफ्टको बिक्री सुरु, गियर बटम पनि डिजिटल (मूल्यसहित)

काठमाडौं । फिजिकल बटम रहित टेस्ला मोडल थ्री फेसलिफ्ट नेपालमा सार्वजनिक भएको छ । अरेट इन्टरनेशलले आज एक कार्यक्रम आयोजनागरी सार्वजनिक गरेको फेसलिफ्ट मोडलमा गियर बटमसमेत छैन । यसमा गियरपनि डिजिटल क्लष्टरबाटै चलाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा केही अगाडि मात्रै आएको टेस्ला मोडल थ्री फेसलिफ्ट मोडल नेपाल आएको छ । लग्जरी फिचर भएको यो कारले अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो बिक्री पाइरहेको छ ।

‘टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो । त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको फेसलिफ्ट मोडलले कम बजेटमा लग्जरी कार चढ्न चाहने ग्राहकको चाहना पुरा गर्नेमा हामी विश्वस्त छौं’ कम्पनीका प्रमुुख कार्यकारी अधिकृत विनोद श्रेष्ठले भने ।

रियर ह्वील ड्राइभ अप्सनमा उपलब्ध मोडल थ्री हाइल्याण्डमा १९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । २२५ किलोमिटर प्रतिघन्टाको टप स्पीडमा दौडन सक्ने फेसलिफ्टले केबल ५.८ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउने छ । यसको पीक टर्क भने ३४० एनएम छ ।

यसमा ५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसको ग्राउन्ड क्लियरेन्स १३९ देखि १८० एमएमसम्म छ । १७० किलोवाट क्षमतासम्मको डिसी फास्ट चार्जर यसले सपोर्ट गर्छ । सामान्यतया यसलाई ११ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्न सकिन्छ ।

निकै ठूलो मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याविनको कारण नयाँ मोडल थ्री फेसलिफ्ट विश्वभर चर्चा पाउन सफल भएको छ ।

कालो, सेतो र काठको कलरबाट सजिएको भित्र भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ । ड्यासबोर्डमा दिइएको १५.४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिन्छ ।

पछाडि बस्ने प्यासेन्जरको लागिसमेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम फेसलिफ्ट मोडलमा पाउन सकिन्छ । सबै लाइड एलइडी रहेको कारमा १९ इन्टको आकर्षक अलोय ह्वील दिइएको छ । एडास फिचर पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा दिइएको छ ।

कम्पनीले यसको मूल्य १ करोड ३५ लाख निर्धारण गरेर बिक्री सुरु गरेको हो ।


Back_to_top