भारतमा मूल्य घटेका कार नेपाल आउनै बाँकी

tiago emi

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले भारतमा मूल्य घटाएको ‘नेक्सन के३’ र टाटा टियागो ईभीे मिडियम रेञ्ज नेपाल आउनै बाँकी रहेको जनाएको छ ।

कम्पनीले एक विज्ञप्ती जारी गर्दै यी मोडलहरु नेपाल ल्याउँदा भारतमा घटेर आएजस्तै समायोजित मूल्यमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

सिप्रदी ट्रेडिङले टाटा टियागो नेपालमा भदौ अन्तिमबाट बिक्री सुरु गरेको हो । बीचमा कम्पनीले मूल्य बढाउँदा पनि नेपालमा नबढेको जनाउँदै कम्पनीले भनेको छ, ‘टियागो ईभीको सबै भेरियन्टमा १५ हजार भारतीय रुपैयाँ मात्रै मूल्य घटेको र उक्त गाडीहरु नाडा अटो शो देखि नै ‘इन्ट्रोडक्टरी’ मूल्यमा उपलब्ध गराइरहेका छौं । यसबीचमा भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो ईभीको मूल्य यथाबत नै रहने छ ।’

सिप्रदीले टियागो लङ्ग रेन्जको २५ लाख ४९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म मूल्य तोकेर बिक्री गर्दै आएको छ । साथै, नेपालमा सर्वाधिक रुचाइएको नेक्सन ईभीको मूल्य ४५ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।


Back_to_top