दुवई पुलिसका आर्टिफिसीयल इन्टेलिजेन्स डिपार्टमेन्टका ब्रिगेडियर कालीद नासेरका अनुशार दुई जना प्रहरीले उड्ने बाइक चलाउने ट्रेनिङ लिएका छन् । दुवई पुलिसले यसको प्रयोग सन् २०२०बाट गर्ने योजना अघि बढाएको छ ।
यो बाइक क्यालीफोर्नीयाको स्टार्टअप कम्पनी होभरसर्फले टेक एक्पोमा प्रदर्शन गरेको थियो । होभरसर्फका सीओओ जोसेप सेगुरा कनकाअनुशार यो बाइक प्रयोगमा ल्याउने एक्सक्लुसीभ राईट दुवई पुलिससँग रहेकोले उनिहरुले जतिपनि खरिद गर्न सक्ने बताएका छन् ।
यो बाइक सर्वसाधारणहरुले पनि व्यक्तिगत प्रयोगको लागि खरिद गर्न सक्ने छन् तर, उनिहरुले यसलाई बेच्नु अघि कम्पनीले ग्राहकको संचालन गर्ने क्षमता परिक्षण गर्नेछ ।
कम्पनीले बाइकको मूल्य १ लाख ५० हजार डलर राखेको छ । हुभर बाईकले फेडरल एभियसन एड्मिनीस्टेसनको गाईडलायन्स मिट गरेकोले यसलाई चलाउन पाईलटको लाइसन्स आवश्यक नपर्ने जनाइएको छ ।
ब्याट्री पावरबाट संचालन हुने यस बाइकले प्रहरीको रिक्वायरमेन्ट अहिलेनै पुरा गर्न भने सक्ने छैन । यसमा हाइब्रिड लिथीयम म्यागनीज निकल ब्याट्रीको प्रयोग गरिएको छ । तर, भविष्यमा हुने ब्याट्री टेक्नोलोजीको विकाससँगै यो झनै उपयुक्न हुने छ ।
हालको ब्याट्री पावरले बाइकमा १६ फिटसम्मको उचाईमा ६० माईल प्रतिघन्टामा १० देखि २५ मिनेटसम्म उड्न सक्नेछ । तर यसको रेन्जलाई चालकको तौल र बातावरणको कन्डिसनले निर्धारित गर्नेछ ।


