काठमाडौं । प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले ४५० सीसी सेगमेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ ।
कम्पनीले ४५० सीसी सेग्मेन्ट मोटरसाइकल अन्तर्गत स्क्रयामको २०२४ मोडल भारतीय बजारमा ल्याउने भएको हो ।
हालैमात्र भारतीय बजारमा बिक्री सुरू भएको हिमायलन ४५० मा आधारित स्क्रयाम ४५० आउने भएको हो ।
यसअघि भारतमा हिमालन ४११ मा आधारित स्क्रयाम ४११ बिक्री हुँदै आएको थियो । अब भने कम्पनीले नयाँ हिमालयनमा आधारित स्क्रयाम ल्याउने भएको हो ।
भारतमा विभिन्न समयमा स्क्रयाम ४५० को परीक्षण भइरहेको देखिएको छ ।
नयाँ स्क्रयाममा टेलिस्कोपिक फर्क, मोनोसक सस्पेन्सन, दुवै टायरमा डिस्कब्रेक, डुअल च्यानल एबीएस, रोडबेसड् फ्ल्याट टायर र अलाय ह्वील जस्ता सुविधा फिचरहरू दिइने छ ।
स्क्रयाममा राउन्ड सेप एलईडी लाइट हेडल्याम्प, फर्क गेटर, सिंगल पिस सीट, सर्ट टेल सेक्शन, ४ इन्चको गोलाकार टीएफटी डिस्प्ले जस्ता फिचर यस मोटरसाइकलमा समावेश हुनेछ ।
त्यस्तै, यो मोटरसाइकलमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, फोर भल्ब, डीओएचसी इन्जिन हुनेछ । उक्त इन्जिनले अधिकतम ४०.२ ब्रेकहर्स पावर र ४० एनएमको पिक टर्क जेनेरेट गर्छ । कम्पनीले यसमा ६ स्पीडको गियरबक्ससंगै स्लिपर असिस्ट क्लचको सुविधा पनि दिने छ ।


