यस्तो छ नयाँ एनएस ‘१६० र २००’मा भएका ५ परिमार्जन

काठमाडौं । बजाजले पल्सर एनएस १६० र २०० को अपडेटेड भर्सन ल्याएको छ । कम्पनीले विभिन्न अपडेटहरु गरेर २०२४ मोडल ल्याएको हो ।

एक दशकभन्दा लामो समयदेखि उत्पादन भइरहेको पल्सर एनएस सिरिजमा कम्पनीले व्यापक परिमार्जन सहित ल्याएको हो ।

कम्पनीले ल्याएको २०२४ मोडल पल्सर एनएस १६० र २०० को बारेमा भएका मुख्य ५ परिमार्जनका बारेमा यहाँ चर्चा गरेका छौं ।

कलर तथा मूल्य

कम्पनीले पुरानो मोडलको तुलनामा एनएस १६० मा ९ हजार रुपैयाँ र एनएस २०० मा ८ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ । यसको नयाँ मूल्य भारतमा क्रमशः १ लाख ४५ हजार ७९२ रुपैयाँ र १ लाख ५७ हजार ४२७ भारतीय रुपैयाँ रहेको छ ।

एनएस सिरिजलाई कम्पनीले तीन नयाँ कलर अप्सनमा ल्याएको छ । ब्रोक्लीन ब्ल्याक, पर्ल मेटालिक ह्वाइट र रेसिङ रेड कलर अप्सन थपिएको हो ।

कन्सोल

नयाँ एनएस सिरिजमा कम्पनीले अल न्यू एलसीडी कन्सोल दिएको छ । कम्पनीले २०२३ मोडलमा गियर इन्डिकेटर मात्र अपग्रेड गरेको थियो भने २०२४ मोडलमा फुल डिजिटल कन्सोलका साथै कनेक्टिभिटी फिचर समेत थप गरेको छ ।

यसमा अब टर्न वाइ टर्न नेभिगेशन, कल नोटिफिकेशन, युएसबी पोर्ट जस्ता फिचर पाउन सकिन्छ ।

रियल टाइम फ्युल एभरेज

दुबै मोडलमा ‘डाइनामिक फ्यूल स्टाटिस्टिक’ तथा गियर इन्डिकेटर दिइएको छ । राइडरले सजिलैसँग डिजिटल कन्सोलमा इन्धन खपत, तथा रियल टाइम एभरेज माइलेज हेर्न सक्नेछन् ।

न्यू एलइडी हेडल्याम्प

कम्पनीले पल्सर एनएसमा प्रयोग हुँदै आएको हेडल्याम्पलाई नयाँ डिआरएल सहितको एलइडी हेडल्याम्पले रिप्लेस गरेको छ । यसमा कम्पनीले टर्न इन्डिकेटर समेत एलइडीमा नै दिएको छ । नयाँ हेडल्याम्पले मोटरसाइकलको फ्रन्ट लुक अझै सार्प देखाएको छ ।

मेकानिकल परिर्वतन

कम्पनीले मोटरसइकलको इन्जिनमा भने कुनैपनि परिर्वतन गरेको छैन । एनएस १६० मा १६०.३ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन दिएको छ । यसले १७.०३ पीएस पावर तथा १४.६ एनएम टर्क जेनेरेट गर्छ ।

एनएस २०० मा भएको १९९.५ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले २४.१३ बीएच पावर तथा १८.७४ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top