‘कोरोला पास’ पुग्यो सेरेस थ्री, बनायो रेकर्ड

काठमाडौं । सेरेस थ्री इलेक्ट्रीक एसयूभीले नेपालमा नयाँ रेकर्ड बनाएको छ । नेपाल एत्थ वन्डर समूहले सेरेस थ्रीलाई लोमान्थाङभन्दा माथिको गन्तब्य कोरोला पास लगेको हो ।

समुद्री सतहबाट ४६६० मिटर उचाईमा रहेको हिमाली क्षेत्रमा यसको सफलतापुर्वक यात्रा भएको एत्थ वन्डर समूहले जनाएको छ । लोमान्थाङको बाटो अफरोड साथै कठिन छ । तर, १९० एमएम ग्राउन्ड क्लेरेन्स भएको सेरेस थ्रीले यसलाई सहजताका साथ पार गरेको हो ।

सेरेस थ्रीको विल्ड क्वालिटी राम्रो छ । यसको च्यासिस र सस्पेन्सन पनि मजबुत छ । अमेरिकाको सिलिकन भ्यालीमा स्थापना भएको सेरेसले चीन, जापान र अमेरिकामा आर एन्ड डी सेन्टरहरु स्थापना गरेर रिसर्च एन्ड डेभेलोपमेन्टमा काम गर्दै आएको छ ।

नेपाली बजारमा भदौमा भएको नाडा अटो शो २०२३ बाट प्रबेश गरेको कम्पनीले सेरेस थ्री र सेरेस मिनि ईभी गरी दुई मोडेल विक्री वितरण गर्दै आएको छ ।


Back_to_top