यामाहा र टीभीएसले काठमाडौंको मुटुमै डिलर मागे

काठमाडौं । नेपालमा दुई पाङ्ग्रे सवारी साधनको बिक्री घट्दो अवस्थामा छ । चालु आर्थिक वर्षको ७ महिना वितिसक्दा पनि ७० हजार यूनिट मोटरसाइकल तथा स्कुटर नेपाल आउन सकेको छैन । यसको सिधा असर मोटरसाइकल डिलहरुमा देखिएको छ ।

कोभिडको समयमा ३ लाख ५० हजार हाराहारीमा वार्षिक बिक्री भएको दुई पाङ्ग्रे सवारीसाधन अहिले वार्षिक १ लाख हाराहारी झरेको छ । यसले शहर बाहिरका डिलरहरु समस्या ग्रस्त अवस्थामा छन् । धेरै जसो ब्रान्डको २० देखि २५ प्रतिशत डिलरहरु बन्द भइसकम छन् ।

निकट भविष्यमा नै यो संख्या बढ्न सक्ने व्यापारीहरु बताउँछन् । उपत्यका बाहिर मात्र होइन काठमाडौंको मुख्य स्थानहरुमा नै मोटरसाइकल बिक्रेता कम्पनीहरुले डिलर आवश्यकताको विज्ञापन प्रकाशन गर्न थालेका छन् । मोटरसाइकल बिक्रीमा ब्यापक गिरावट र यहाँ भएका डिलरले काम छाडेपछि नयाँ डिलर खोज्दै आयातकर्ताहरुले सूचना निकालेका हुन् ।

यामाहा मोटरसाइकलको नेपालमा लागि आधिकारीक विक्रेता कम्पनी एमएडब्लू राइड प्रालिले काठमाडौं गोगंबुमा डिलर आवश्यकताको सूचना निकालेको छ । कम्पनीले आफ्नो सोसल मिडियामा एक पोष्ट सेयर गर्दै भनेको छ, ‘विश्वव्यापी रुपमा विश्वसनीय जापनिज ब्राण्ड यामाहाको डिलर बन्नुहोस ।’

त्यस्तै नेपालमा टीभीएस मोटरसाइकल विक्री गर्दै आएको जगदम्वा मोटर्सले ललिपुरको बालकुमारीमा डिलरशिप आह्वान गरेको छ । यस्तै अवस्था अन्य कम्पनीहरुको पनि रहेको ब्यापारीहरुले बताउँदै आएका छन् ।


Back_to_top