काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा वोमन र्याली’ आयोजना गर्ने भएको छ ।
कम्पनीले महिलाहरूलाई अटोमोबाइल क्षेत्रप्रति आकर्षित गर्दै सहभागिता बढाउने उद्देश्यले आगामी अप्रिल २४ तारिख (वैशाख १२ गते) उक्त र्याली आयोजना गर्न लागेको हो ।
कम्पनी सन् २००४ बाट वोमन र्यालीको सुरूआत गरेको भए पनि बीचमा एक दशकभन्दा बढी समयदेखि बन्द थियो ।
विगतमा टोयोटाका गाडी चालक महिलाले मात्रै सहभागिता जनाउन पाउने उक्त र्याली यस पटकबाट सबै ब्राण्डका चालकहरुको लागि खुला गरिएको छ । जहाँ जुनसुकै ब्राण्डका गाडी चलाउने महिलाहरूले आफ्नो ड्राइभिङ क्षमता प्रदर्शन गर्न सक्नेछन् ।
उत्कृष्ट ड्राइभिङ पर्फमेन्स देखाउने चालकहरू मध्येबाट प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले फागुन २३ गते (मार्च १३ देखि अप्रिल १० तारिखसम्म आफ्नो नाम रजिष्टर गर्न सक्ने छन् । यसरी रजिष्टर गर्दा ३० हजार रुपैयाँ शुल्क भने तिर्नु पर्छ ।
कम्पनीले ‘टोयोटा विमन र्याली २०२४’को लागि स्पोन्सरहरू पनि सहभागिता गराउने तयारी गरेको छ । विभिन्न क्षेत्रगत रूपमा प्रयोजकहरू राखिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


