अफरोड ट्रयाकमा एमजी फोरको ‘स्ट्रेन्थ टेस्ट’, ईभीमा पहिलो थ्रील

काठमाडौं । विद्युतीय कार सहरी क्षेत्रको लागि उपयुक्त मानिन्छन् । अहिलेसम्म नेपाल आएका ईभीलाई कुनै खास योजना बनाएर मनाङ, मुस्ताङ, रारादेखि अपर मुस्ताङसम्म लगेका छन् ।

ईभी आफैँमा नयाँ टेक्नोलोजी भएका कारण धेरै गाडी चलाउन मनपर्नेहरुको रोजाईमा पर्दै आएको छ । तर, नेपालमा गाडीको परीक्षण गर्न कुनै किसिमको ट्रयाक नहुँदा ड्राइभिङको मज्जा धेरैले लिन पाएका छैनन् ।

यस्तोमा एमजीको आधिकारीक वितरक पारामाउण्ट मोटर्सले एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’ गरेर चालकहरुलाई अनौठो अनुभव गर्ने अवसर दिए । कम्पनीले १०० जनाभन्दा बढि सेलिब्रेटी, मिडियाकर्मी र शोसल मिडियामा प्रभाव पार्ने मानिसहरुलाई सहभागि गराएका थिए ।

धुलिखेलमा रहेको डर्ट ट्याम्पलमा विशेष ट्रयाक बनाएर ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागिहरुले आफैँले ड्राइभ गरेका थिए । टेस्टमा एमजी फोरको ग्राउण्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिभियूजल सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभब लिएका थिए ।

हिलो बाटोको पर्फमेन्स, सार्प टर्निङमा गर्न सक्ने पर्फमेन्स जस्ता विषयमा सहभागिले परीक्षण गरेका थिए ।

एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एमजी फोर विशेष तरिकाले बनाइएको डर्ट ट्रयाकमा ‘अमेचर ड्राइभ’ गराएको थियो । उक्त ट्रयाकमा पथहोल, टेवल टप, सार्प टर्निङ, मडी, बम्पी बाटो तयार गरेर कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो ।

एमजी फोरमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स भए पनि स्टीफ सस्पेन्सनका कारण ४ जना बसेर गाडी चलाउँदा पनि ग्राउण्ड क्लियरेन्स दुरुस्त पाइएको थियो । यसको हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अफ्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको थियो ।

नेपालमा भएको परीक्षण पछि एमजी फोर एक ह्याचव्याक मोडल भएर पनि सहरका चिल्ला बाटाहरुमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी भएका, हिलो तथा कच्ची बाटोहरुमा पनि उपयुक्त रहेको एमजीले आज अभ्याससहित पुस्टी गरेको हो । यसले हामी सहभागिलाई नयाँ अनुभवसँगै ईभीमा पहिलो थ्रील प्रदान गरेको थियो ।


Back_to_top