काठमाडौं । चिनियाँ ‘न्यू इनर्जी भेहिकल’ कम्पनी बीवाइडीले ७० लाख यूनिट न्यू इनर्जी भेहिकल उत्पादन गरेर आफुलाई बलियो बनाएको छ । कम्पनीले ७० लाख औं कारको रुपमा प्रिमियम ब्राण्ड डेन्जाको अपडेटेड ‘एन-७’ रोलआउट गरेको हो ।
बीवाइडी अटोमोटीभ उद्योगमा २००३ मा प्रवेश गरेको हो । बीवाइडीले सन् २००८ बाट मात्रै न्यू इनर्जी भेहिकल उत्पादन गर्न सुरु गरेको थियो । कम्पनीले पहिलो १० लाख कार उत्पादन गर्न करिब १३ वर्ष लागेको थियो ।
कम्पनीको सन् २०२१ को मे महिनामा हान ईभी १० लाख औं कार भएको थियो । करिब १३ वर्षमा १० लाख यूनिट कार उत्पादन गरेको कम्पनीले २०२३ अगष्टमा ५० लाख यूनिट उत्पादन पुरा गरेको थियो । त्यति बेला पनि डेन्जा एन-७ मोडल बनाएको थियो ।
सन् २०२३ को नोेभेम्बरमा ६० लाख यूनिट उत्पादन पुरा गरेको कम्पनीले अर्को सब ब्राण्ड फ्याङ चेङ बाओको पहिलो मोडल बाओ-५ रोलआउट गरेको थियो ।

