ओकिनावा अटोटेक कम्पनीले बनाएको ई–स्कुटरको बिक्री भारतीय बजारमा सेप्टेम्बर र अक्टुबरमा निकै उत्साहजनक भएको छ । यो दुइ महिनामा कम्पनीले हालसम्मकै उच्च १२ हजार यूनिट बिक्री गरेको हो ।
कम्पनीले रेज, प्रेज, रेज प्लस, र रेज ३० को बिक्री उच्च रहेको जनाएको छ । यसमा रेज प्लसको ५ सय यूनिट बिक्री भएको छ । कम्पनीले नोभेम्बरमा १५ सय यूनिट बिक्री गर्ने अनुमान गरेको छ ।
भारतीय बजारमा भएका स्कुटर ट्याक्सीले धेरै ओकिनवा खरिद गरेकाले कम्पनीको बिक्रीमा उच्च वृद्धि भएको हो । भारतमा ई–स्कुटर ट्याकसीको रुपमा भोगो, फिया बाइक्स, बिक्सी र केडीएम ग्रुपले ओकिनावा प्रयोगमा ल्याएका छन् ।
ओकिनावा ब्राण्डको भारतीय बजारमा विश्वास बढ्दै गएको छ । यसको माग बढ्नुको मुख्य कारण यसको झिक्न मिल्ने क्वालीटीको ब्याट्री र पेट्रोल स्कुटरहरुको जस्तै डिजाइन रहेको जनाइएको छ ।
ओकिनावा अटोटेकका प्रबन्ध निर्देशक जीतेन्द्र शर्माका अनुशार रेज प्लसको माग अनुमान गरिएको भन्दा उत्कृष्ट रहेको छ । यसको प्रयोग गर्ने सुविधा, बढी माईलेज तथा डिजाइन प्रमुख आकर्षण हो ।
‘यो बिक्री संख्याले ओकिनावालाई सहि दिसामा लगिरहेको र अझै कटिङ एज प्रडक्टहरु विकास गर्दै प्रदुषण कम उत्साहित बनाएको छ’ शर्माले भने ।
नेपाल कनेक्सन
ओकिनवाका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा फर्चुना अटोमोवाइल कम्पनीले ल्याउने भएको छ । यसअघि दशैं लगत्तै नेपाली बजारमा सार्वजनिक गर्ने भनिएपनि केही कानुनी प्रावधान पुरागर्नु पर्ने भएकाले नसकिएको कम्पनी स्रोतले भन्यो ।
संभवत मंसिर महिना भित्रै स्कुटरको बिक्री वितरण सुरु हुनेछ ।


