लिक भयो जिप ग्लाडिएटरको तस्विर

फियाट क्राइस्लर अटोमोवाइले बजारमा ल्याउने तयारी गरेको जिप ग्लाडिएटरको फोटो एफसिएको वेभसाइटबाट लिक भएको छ । लस एन्जलस अटो शोमा प्रदर्शनी गर्न तयार पारिएको  जिपको तस्बिर प्रदर्शन हुनुपूर्वनै लिक भएको हो । 

नयाँ जीप ग्लाडिएटरको तस्बिर महिन्द्राको बलेरो पिकअपसँग मिल्दोजुल्दो देखिएको छ । 

जिप ग्लाडिएटरमा ३.६ लिटर भि६ इन्जिन लगाइएको अुनमान गरिएको छ । साथै, इन्जिनमा ८ स्पीड अटोमेटिक र ६ स्पीड म्यानुअल गियरबक्स लगाउने अनुमान गरिएको छ । जिप ग्लाडिएटर २०२०मा बजारमा आउने छ । 

पिकअपको स्वरुपमा निर्माणको यस गाडीले हार्ड कोर अफ रोडमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिइएको छ । 

कम्पनीका अनुसार यो ट्रक ३० इन्चसम्म पानी  भएको स्थानमा गुड्न सक्छ  । यसको फ्रन्टमा इलेक्ट्रीक लक लगाइएको छ भने रियरमा एक्सल लकर लगाइएको छ । साथै, यसमा स्टान्डर्ड ३३ इन्च रोड टायर जाडन गरिएको छ । 

यसले सन् १९८०मा बजारमा आएको डज डकोटा याद दिलाउने कम्पनीले दाबी गरेको छ । 


Back_to_top