काठमाडौं । सिप्रदी ट्रेडिङले नेक्सन क्राजको बिक्री सुरु गरेको छ । टाटा गाडीको अधिकृत विक्रेता सिप्रदीले नेपाली बजारमा नेक्सनको नयाँ संस्करण नेपाली बजारमा ल्याएको हो।
‘हामीले नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यक्ता र मागलाई सम्बोधन गर्न ल्याएका हौँ’ टाटा मोर्टसको प्यासेन्जर भ्याइकल यूनिट सम्बन्धि अन्तराष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले भने।
मल्टिड्राइभ मोडको विशेषतायुक्त यो गाडी सहरको व्यस्त सडकदेखि राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने कम्पनीले दाबी गरेको छ।
कम्पनीका अनुसार २०९ मिलिमिटरको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले क्राज अरुभन्दा बढि सुरक्षित र आरामदायी रहेको कम्पनीको दाबी छ ।
नयाँ इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक गिएरबक्स, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सरजस्ता फिचरले यो एसयूभीलाई उत्कृष्ट बनाएको छ ।
कालो र हरियो रङ्गको समिश्रण भएको नेक्सन क्राज १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेक्सन क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्टमा उपलब्ध डिजेलका भेरिएन्टको मूल्य ४३ लाख ८५ हजार रुपैयाँ र पेट्रोलका लागि ३९ लाख ९५ हजार रुपैयाँ सुरुवाती मूल्य तोकिएको छ ।

