२ सय ७५ किमीको रफ्तारमा रहेको कार दुर्घटनामा परेपछि…

मकाउमा भएको फर्मुला थ्री कार रेसमा ब्यान एमर्सफोर्ट रेसिङ टिमबाट सहभागी भएकी १७ वर्षिया सोफिया फ्लोर्स गम्भीर दुर्घटनाको शिकार भएकी छिन् । 

रेसको क्रममा उनले चलाएको कार दुर्घटनामा परि घाइते भएकी सोफियाको मेरुदन्डमा चोट लागेको छ । हाल, उनको अवस्थामा भने खतरमुक्त रहेको जानकारी दिइएको छ । सोफियाले ट्वीट गर्दै आफ्नो स्वास्थ्यबारे जानकारी गराएकी छिन् । 

दुर्घटनाको समयमा उनको कार प्रतिघन्टा २ सय ७५ किलोमिटरको रफ्तारमा गुडिरहेको  थियो । १६ औं नम्बरमा रहेकी सोफियाले कारको स्टेयरिंगको नियन्त्रण घुमाएकी थिइन् । लगत्तै उनको कार  डिभाइडर लाइनमा ठोक्किएको थियो । 

निक्कै जोडसँग ठोक्किएको उनको कार उछिट्टिएर दर्शक बसेको स्थानमा पुगेको थियो । यो घटनामा परि जापानका चालक शोत्सुबोइ, एक मार्शल र एक फोटोग्राफर घाइते भएका छन् । 


Back_to_top