केटीएमले भारतीय बजारमा आफ्नो नयाँ मोडल डुक–१२५ सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । बिभिन्न संचारमाध्यमका अनुसार यही नोभेम्बरको अन्तिमसम्ममा बाइक सार्वजनिक हुने भएको हो । तर, कम्पनीले भने अहिलेसम्म आधिकारीक जानकारी दिएको छैन ।
इन्टरनेसलन-स्पेक डुक १२५ मा कम्पनीको पुरानो मोडल डुक ३९० को जस्तै फिचर उपलब्ध छ । जसमा इन्स्ट्रुमेन्ट क्लस्टरका लागि टीएफटी कलर डिस्प्ले, ब्लुतुथ स्मार्टफोन इन्टिग्रेसन, फुल एलइडी हेडल्याम्प, मेटजेलर टायर, डयुल च्यानल एबीएसजस्ता फिचर डुक १२५मा उपलब्ध छ ।
त्यस्तै इन्डिया-स्पेक केटीएम डुक १२५ भने डुक २०० जस्तै हुनेछ । डुक १२५ कम्पनीको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा इन्ट्री लेवल बाइक हो ।
कम्बी ब्रेकिङ सिस्टममा आउने यस बाइकमा १२४.७ सीसी, सिंगल सिलिन्डर, फोर भल्भ, लिक्विड कुल्ड, फ्यूल इन्जेक्टेड डीओएचसी इन्जिन लगाइएको छ । यसमा लगाइएको इन्जिनले १५ बिएचपी पावर र ११.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड ट्रान्समिसन सिस्टम जडान गरिएको छ ।
भारतीय बजारमा कम्पनीले लञ्च गर्ने कुराकानी गरिरहेको तर, अझै कहिले भन्ने बिषय टुङ्गीएको छैन । भारतमा सार्वजनिक भएसँगै नेपाली बजारमा पनि ल्याउन पहल गरिने नेपालको लागि केटीएमको आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी स्रोतले जानकारी दिएको छ ।
यसको मूल्यको बिषयमा कम्पनीले कुनै आधिकारीक जानकारी दिएको छैन ।

