निशान मोटर्सका चेयरम्यान कार्लोस गोसन आर्थिक हिनामीनाको आरोपमा टोकियोबाट सोमबार पक्राउ परेका छन् । जापानी ब्रोडकास्टिङ संस्था एनएचकेका अनुशार जापनीज प्रोसिक्यूटरहरुले उनको आयस्रोतका बारेमा प्रस्नहरु गरेका थिए । त्यसपछि उनि र अर्का डाइरेक्टर ग्रेग केलीलाई पक्राउ गरिएको जनाइएको छ ।
टोकियोको डिष्ट्रिक पब्लिक प्रोसिक्यूटर अफिसले निशानका चेयरम्यान गोसनलाई फाइनान्सीयल इन्टुमेन्ट्स तथा एक्चेन्ज याक्टको उल्लंघनको आरोपमा पक्राउ गरेको जनाएको छ ।
निशानले गोसन र रिप्रेजेन्टेटिभ डाइरेक्टर गे्ग केलीका सम्बन्धमा धेरै महिना अगाडिदेखि अनुसन्धान गरिरहेको जनाएको छ । उक्त अनुसन्धानबाट धेरै बर्षदेखि गोसन र केलीले टोकियो स्टक एक्चेन्ज सेक्यिुरेटिजलाई बुझाएको डिस्क्लोजर रिपोर्ट भन्दा निशानबाट बुझेको रकम धेरै बढि रहेको जनाइएको छ ।
त्यससँगै गोसनले अख्तियारीको दुरुपयोग गर्दै कम्पनीको सम्पती आफ्नो व्यक्तिगत प्रयोग गरेको र त्यस कार्यमा केलीको पनि गहिरो सहभागिता देखिएको जनाइएको छ ।
निशानले जनाए अनुसार उसले सम्पूर्ण प्रमाणहरु जापनीज प्रसिक्यूटरलाई बुझाएको र बोर्ड अफ डाइरेक्टरको विहिबार बस्ने बैठकमा गोसन र केलीलाई तुरुन्तै पदबाट मुक्त गर्ने निर्णय गर्ने जनाएको छ ।
गोसनको गिरफ्तारीसँगै पेरिसमा रेनोको शेयर मूल्यमा १४ प्रतिसतको गिरावट आएको छ भने एसियामा निशानको शेयर कारोबार सस्पेन्ड गरिएको छ । गोसन निशान मोटर्स तथा मित्सुबिसी मोटर्स जापानका चेयरम्यान तथा रेनो मोटर्स फ्रान्स तथा रेनो–निशान–मिन्सुबिसी अलायन्सका चेयरम्यान र सीईओ हुन् ।
गोसनले सन् २०१७ मा मात्र निशानको सीईओ पद छाडेका थिए । ब्राजीलमा जन्मिएका ६४ बर्षिय गोसनलाई ‘ले कस्ट किलर’ को नामले चिनिन्छ ।
रेनो, निशान र मित्सुबिसीको अलायन्स दुई दशकदेखि निर्माण भएको हो । निशान र फे्रन्च सरकारको रेनोमा १५–१५ प्रतिशत सेयर रहेको छ भने रेनोको निशानमा ४३ प्रतिसत सेयर रहेको छ ।
रिपोर्टहरुका अनुसार गोसनले आर्थिक वर्ष २०१७ को लागि रेनोबाट ८.४ मिलियन डलरको पे–प्याकेज पाएका थिए भने, निशानबाट ६.५२ मिलियन र मित्सुबिसीबाट २.०२ मिलियन डरलको पे–प्याकेज पाएका थिए । गतवर्ष उनले कुल १७ मिलियन डलर आम्दानी गरेको थिए ।


