आज सार्वजनिक हुँदै ‘अल न्यु एर्टिगा’, यस्तो छ विगत र विशेषता

मारुती सुजुकी एर्टिगाले बिक्री सुरु गरेको करिब ६ वर्षपछि आफ्नो दोस्रो पुस्ताको अल न्यू एर्टिगालाई आज भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ ।

सेकेन्ड जेनेरेशनको यो मोडलमा नयाँ तथा पृथक लुक्स दिइएको छ । यस कारमा स्विपिङ प्रोजेक्टर हेडलाइट, क्रोम ग्रील, फ्रन्ट बम्पर, फगलाइट तथा फगलाइट बेजेल, नयाँ डिजाइन गरिएको १५ इन्च अलोए ह्वील, एल–शेप्ड टेललाइट लगायतका थुप्रै नयाँ फिचरहरु दिइएको छ । 

नयाँ एर्टिगाको लम्बाइ ४३९५ एमएम, चौडाई १७३५ एमएम, उचाई १६९० एमएम रहेको छ भने ह्वीलबेस २७४० एमएम रहेको छ । यसअघिका मोडलहरुसँग तुलना गर्दा नयाँ मोडल १३० एमएम लामो, ४० एमएम चौडाई र ५ एमएम बढी अग्लो रहेको छ । 

नयाँ एर्टिगामा नयाँ ड्याशबोर्ड, केविन डिजाइन जस्ता फिचर उपलब्ध छन् । यसका साथै, एर्टिगामा फ्रि-फ्लोएटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सेन्टर कन्सोल, फ्ल्याट बटम स्टियरिङ ह्वील, डोर प्यानल दिइएको छ  । 

यसअघिका मोडलहरुसँग तुलना गर्दा नयाँ मोडल १३० एमएम लामो, ४० एमएम चौडाई र ५ एमएम बढी अग्लो रहेको छ । 

एर्टिगाको अन्य फिचरहरुमा, फोर—स्पीकर साउन्ड सिस्टम, टिल्ट एडजस्टेवल स्टिरीङ र्याक, ड्राइभरका लागि सिट हाइट एडजस्टर, रिफ्रेस इन्स्ट्रुमेन्टल क्लस्टर दिइएको छ । 

नयाँ एर्टिगामा १४६२ सिसि, १.५ लिटर फोर सिलिन्डर, के१५बी इन्जिन दिएको छ, जसले  १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्छ । यसमा फोर स्पीड अटोमेटिक र फाइभ स्पीड म्यानुअल गियरबक्स जडान गरिएको छ । 

यस्तो छ इतिहास

मारुती सुजुकी एर्टिगाले सन् २०१२ अप्रिलबाट भारतीय बजारमा नयाँ सेग्मेन्टको रुपमा आफ्नो बिक्री शुरुवात गरेको थियो । शुरुवाती समयमा एर्टिगा टोयोटा इनोभाभन्दा तल रहेको थियो । 

मारुती सुजुकीले एर्टिगालाई आफ्नो पहिलो लाइफ यूटीलीटी भेहिकल (एलयूभी) को रुपमा सार्वजनिक गरेको हो । एर्टिगामा के१५बी पेट्रोल इन्जिन र फियाटको १.३ मल्टिजेट इन्जिन दिइएको थियो । 

औषत वार्षिक ६० हजारदेखि ६८ हजार यूनिट बिक्री हुँदै आएको एर्टिगाको बिक्री २०१८को सुरुवात देखिनै खस्कदै आएको थियो । 

एर्टिगाले आफ्नो शुरुवाती समय अर्थात् २०१२ मार्चमा १ हजार ११७ यूनिट बिक्री गरेको थियो । त्यो वर्ष कम्पनीले यसको ५९ हजार ४६७ यूनिट बिक्री गरेको थियो । 

त्यस्तै  सन् २०१३को अन्तिमसम्ममा एर्टिगाले आफ्नो व्यापार बढाउँदै वार्षिक ६२ हजार २१९ युनिट पुर्याउन सफल भयो । २०१३ मा नै कम्पनीले एर्टिगामा सीएनजी भर्सन पनि शुरुवात गर्यो । एर्टिगाले त्यतिखेर भारतीय बजारमा होन्डाको मोबिलो र बीआर–भीसँग प्रतिस्पर्धा गर्यो । 

सन् २०१४ को अन्तिमसम्ममा भने यसको बिक्रीमा गिरावट आउन पुग्यो । यो वर्षको सुरुवातमै बिक्री खस्कन गई जनावरीमा जम्मा ४ हजार ४३७ यूनिट झरेपनि वर्षको अन्त्यसम्ममा ६१ हजार १५३ यूनिट बिक्री भएको थियो । 

त्यसयता औषत वार्षिक ६० हजारदेखि ६८ हजार यूनिट बिक्री हुँदै आएको एर्टिगाको बिक्री २०१८को सुरुवात देखिनै खस्कदै आएको थियो । 

२०१८ को शुरुवातमा एर्टिगाको बिक्री ४ हजार ६९६ यूनिट रहेको थियो भने अक्टोबरमा कुल १ हजार ३८७ यूनिट बिक्री भएको थियो ।


Back_to_top