भारतमा बन्यो सिट्रनको इन्जिन प्लान्ट, जीपलाई टक्कर दिन ‘सी–५ एयरक्रस’ ल्याउँदै

पीएसए ग्रुप (जस अन्तर्गत प्यूजो, सिट्रन, ओपेललगायत ११ वटा ब्रन्ड संचालनमा रहेका छन्) र भारतको सीके बिरला ग्रुपले ‘ग्रीन–फिल्ड प्लान्ट’को होसुरमा उद्घाटन गरेको छ । यो प्लान्टबाट इन्जिन उत्पादन हुने छ । जुन भारतमा उत्पादन हुने गाडी र अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । 

सुरुवाति चरणमा प्रत्येक वर्ष यो प्लान्टले ३ लाख युनिट भारत इमिसन स्टायडर्ड ६ का इन्जिन बनाउने छ । यो प्लान्टको पहिलो फेज लक्ष्यभन्दा २ वर्ष अगाडि नै काम पूरा भएको छ । 

कम्पनीले यो प्लान्टका लागि ६०० करोड भारतीय रुपैयाँभन्दा बढी खर्च गरेको छ भने ८०० भन्दा बढीलाई रोजगारी दिने छ ।

भारतमा उत्पादन हुँदै ‘सी–५ एयरक्रस’

सन् २०१७ मा ग्रुप पीएसए र बिरला ग्रुपबीच ५०ः५० प्रतिशत संयुक्त लगानी गर्ने सहमति भएको थियो । कम्पनीले मोडल सिट्रनको ‘सी–५ एयरक्रस’ बजारमा ल्याउने भएको छ । यो मोडलले जीप कम्पाससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 

सी–५ एयरक्रसले गएको वर्षबाट विश्व बजारमा आफ्नो उपस्थिति जनाएको हो । अब यो कार भारतीय बजारमा नै उत्पादन हुने भएको छ । 

यो एसयूभीमा आधुनिक प्रकारको १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ८ इन्च टचस्क्रिन, कनेक्टीभीटी अप्शनहरू एप्पल कार–प्ले, एन्ड्रोइड अटोलगायतका फिचरहरू उपलब्ध छन् । 

कम्पनीले यो एसयूभीमा पेट्रोल र डिजेल दुवै इन्जिन तथा अटोमेटिक र म्यानूअल ट्रान्समिसनमा बजारमा ल्याउने अनुमान गरिएको छ । 


Back_to_top