रातारात हिट भएको हुन्डाईको ‘एसेम्बलिङ’ प्लाण्ट, होला ईभी उत्पादन ?

काठमाडौं । सामाजिक संजाल सूचना प्रवाहको द्रुतमार्ग बनेको छ । तर, यहाँ प्रवाह हुने सूचना आधी, अधुरा र अपुरा छन् । सामाजिक संजालमा विचार राख्ने ९० प्रतिशत मानिसले सकारात्मक विषयमा वहस र छलफल गर्दैनन् । चाहे त्यो राजनीतिक, सामाजिक होस् वा व्यवसायिक विषय ।

वैशाख २८ गते शुक्रबार प्रधानमन्त्रीले परासीको रामग्राममा हुन्डाईको एसेम्बल प्लाण्ट उद्घाटन गरेसँगै अहिले उक्त प्लाण्टको चर्चा टोलटोलमा सुनिन्छ । आफ्नो दैनिकीमा मात्रै चासो राख्ने मानिसहरूले नेपालमा गाडी बन्न थालेछ भन्ने बुझेका छन् । सामाजिक संजाल विज्ञहरूले यसलाई अर्कै अर्थमा टिप्पणी गरिरहेका छन् ।

जे होस् मल्टीनेशल ब्राण्डको पहिलो एसेम्बलिङ यूनिट नेपालमा खुलेको छ । त्यसले चर्चा पाउनु उसको हक नै हो ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेशनले बनाएको एसेम्बलिङ प्लाण्ट निकै हाइटेक छ । यसमा लगाइएको इक्यूपमेन्टहरू लेटेष्ट छन् । कुनै पनि ब्राण्डको एसेम्बलिङ प्लाण्टभन्दा कम छैन । कुनै पनि ब्राण्डले अन्तिम उत्पादन बाहिर ल्याउने एसेम्बलिङ प्लाण्टबाटै हो ।

उत्पादनपछिको टेष्टको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ट्रयाक निर्माण गरिएको छ । यसले हुन्डाई नेपालमा गाडी एसेम्बलिङ हुँदै उत्पादनको दिशामा अगाडि बढ्न कति लालहित छ भन्ने देखाउँछ ।

दुई पाङ्ग्रे सवारीसाधन एसेम्बलिङ नेपालमा सुरू भएको ५ वर्ष बितिसकेको छ । अहिलेसम्म खुलेका ७ वटा एसेम्बलिङ यूनिटमा मिडियाका प्रतिनिधि लगेर देखाउने आँट र हिम्मत कसैले गरेका छैनन् । किन देखाएनन्, त्यो लगानीकर्ताले बुझ्ने कुरा भयो । केही ब्राण्डले वर्षौंसम्म नेपालमा एसेम्बल गर्दैछौं भन्न समेत डराए ।

यस्तोमा लक्ष्मी मोटर्सले आफ्नो पहिलो प्लाण्टमा ठूलो संख्यामा पत्रकारहरू लगेर देखाउने, बुझाउने र यहीँ एसेम्बलिङ भएको भेन्यूको टेष्ट ड्राइभ गराउने कम गर्यो । यसले कम्पनीको योजना र लक्ष्य प्रष्ट देखिन्थ्यो ।

रामग्राममा १० बिगाह जमिनमा निर्माण भएको प्लाण्टको सेड निर्माण, एसेम्बलिङ लाइनअप निर्माण, टेष्टिङ सेन्टरहरूको निर्माण र अन्तिममा गरिने रोड टेष्टको लागि तयार पारिएको ट्रयाकले कम्पनीको भिजन दर्शाउँछ ।

सबै किसिमका साधन उत्पादन हुने

धेरैको जिज्ञासा इलेक्ट्रीक कार चल्तीको समयमा पेट्रोल कार एसेम्बल गर्न किन यति ठूलो लगानी गरेको भन्ने सुनिएको छ । उक्त प्लाण्टमा पेट्रोल मात्र होइन सबै किसिमका सवारीसाधन एसेम्बल गर्न सकिन्छ ।

कम्पनीले दीर्घकालीन सोच बनाएर नै प्लाण्ट तयार गरेको छ । उक्त प्लाण्टमा अहिले निकै हाइटेक फिचर मानिने एडास फिचर परीक्षणसम्मको व्यवस्था गरिएको छ । निकट भविष्यमा ईभी एसेम्बलको लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ । त्यसैले यहाँ ईभी एसेम्बलिङ पनि हुन्छ ।

यसले हुन्डाईको नयाँ प्लाण्ट सबै किसिमका साधन एसेम्बलिङ गर्न तयार रहेको बुझिन्छ । जे होस् मल्टीनेशनल ब्राण्डको एसेम्बलिङ प्लाण्ट संचालनमा आएको छ । यसले क्रमिक रूपमा भ्यालू एड गर्दै अगाडि जान सकोस् ।

 भिडियो टुर 


Back_to_top