सेगवेको इलेक्ट्रीक स्कुटर र्‍याली सम्पन्न

काठमाडौं। इलेक्ट्रीक स्कुटर कम्पनि सेगवले स्कुटर र्‍याली सम्पन्न गरेको छ। कम्पनीले सेगवे स्कुटरका ग्राहकको उपस्थितिमा ‘सेगवे चेन्ज बिगेन्स हिअर’ थीममा स्कुटर र्‍याली सम्पन्न गरेको हो।

शनिबार आयोजित र्‍याली ललितपुरको झम्सीखेलस्थित सेगवे सोरुमबाट सुरु भएर नक्साल बालमन्दिरमा पुगेर टुंगिएको थियो।

सेगवेका बजार प्रमुख मनिष मुरारकाका अनुसार र्‍यालीमा करिब ३५ जनाको उपस्थिति थियो। र्‍यालीपछि सेगवेले नेपाल बाल संगठनमा रहेका अनाथ बालबालिकालाई डिजिटल प्याड र स्टेसनरी सामग्री वितरण गरेको थियो।

सेगवे नेपाली अटोमोबाइल बजारमा लोकप्रियता कमाइरहेको विद्युतीय सवारी हो। ‘सेगवे नाइनबट’ को नेपालका लागि आधिकारिक बिक्रेता आइहब प्रालिले नेपालमा भित्र्याएको सेगवेका स्कुटर हाल बजारमा लोकप्रिय मानिन्छन्।

बजारमा सेगवेका ‘एन१००’, ‘ई१००’, ‘ई१००एल’ र ‘ई१२५’ मोडल उपलब्ध छन्। सेगवे सेल्फ ब्यालेन्सिङ दुईपांग्रे सवारीसाधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो। कम्पनीका उत्पादन अमेरिका, युरोपका साथै ८० बढी देशमा बिक्री वितरण हुँदै आएको छ।


Back_to_top