३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटरको बुकिङ खुला, मूल्य ३ लाख ६५ हजार

काठमाडौं । एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक भएसँगै यसको बुकिङ खुला भएको छ ।

कम्पनीले ३ लाख ६५ हजार रुपैयाँ निर्धारण गरेर उक्त स्कुटरको बुकिङ लिन सुरू गरेको हो ।

ग्यारो डीटी ६० किन्न चाहाने ग्राहकले क्रसफायर तथा इटालीका मोटोको महारागंज स्थीत सोरुमबाट बुकिङ गर्न सक्नेछन् ।

नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्स्र्पोट प्रालिले ग्यारो ब्रान्डको डीटी ६० स्कुटर नेपाल भित्र्याएको हो ।

कम्पनीले दावी गरे अनुसार उक्त स्कुटरले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिन्छ । ग्यारो डीटी ६० मा ४८ भोल्ट १८० एम्पीयर आवर (८.४६ किलोवाट अवार) को लिथियम आयोन ब्याट्री उपलब्ध छ ।

यो स्कुटरमा तीन राइड मोड उपलब्ध छ जसमा इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडलमा २८० किलोमिटर र स्पोर्टस् मोडमा २०० किलोमिटरसम्म रेन्ज उपलब्ध हुने कम्पनीको दावी छ ।

यो स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ६८ किलोमिटर प्रतिघन्टाको छ ।


Back_to_top