एकै दिन बेच्यो बीवाइडीले ५० गाडी, नयाँ सेवा सुरू

काठमाडौं । एक दिनमै ५० युनिट विद्युतीय कार ग्राहकलाई हस्तान्त्रण गरेर साइमेक्स इंकले आफ्नो तयारीलाई प्रस्तुत गरेको छ । कम्पनीले एक वर्षभन्दा कम समयमा ३ हजारभन्दा बढी कार बिक्री गरिसकेको छ ।

कम्पनीले शनिबार काठमाडौंको गुहेश्वरीमा रहेको आफ्नो अपडेटेड सर्भिस सेन्टरबाट ५० यूनिट विद्युतीय कार ग्राहकलाई हस्तान्त्रण गरेको जनाएको छ । कम्पनीले ग्राहकलाई बीवाइडी एटो–थ्री र डल्फीन मोडल हस्तान्त्रण गरेको हो ।

उक्त अवसरमा कम्पनीले आफ्नो नयाँ सेवा ‘रोड साइड असिस्टेन्स’ सुरु गरेको छ । कम्पनीले रोडसाइट एसिस्टेन्स भेहिकलको रुपमा ७ वर्ष अघि २०१७ मा नेपाल आएको ई-६ लाई प्रयोगमा ल्याएको हो ।

‘सर्भिस सेन्टरबाट ५० बीवाइडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो गाडीलाई डेडिकेटेड आरएसए भेहिकलको रुपमा प्रस्तुत गरेका छौं । साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ’, साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भने ।

तण्डुकारका अनुसार अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउन कम्पनी प्रतिबद्ध रहेको छ । आरएसए भेहिकलको परिचयसँगै बीवाइडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ ।


Back_to_top