सानो इन्जिनमै एड्भेन्चर मोडल ल्याउँदै बजाज

काठमाडौं । बजाजको नयाँ मोटरसाइकल परिक्षणको क्रममा देखिएको छ । परिक्षणमा देखिएको नयाँ मोटरसाइकल बजाजको पहिलो एड्भेन्चर मोडल हुन सक्नेछ ।

परिक्षणको क्रममा देखिको मोटरसाइकल टिपिकल एड्भेन्चर डिजाइनमा रहेको देखिन्छ । यसमा पल्सर एन १५० को जस्तो अलोय ह्वील देख्न सकिन्छ ।

अग्लो ह्यान्डलबार, ठूलो इन्धन ट्याङ्क, फराकिलो स्प्लीट सिट, प्रिमियम देखिने सिंगल पिस ग्रयाबरेल तथा लामो साइड स्ट्याण्ड परिक्षणको क्रममा देखिएको हो । यसमा प्रयोग भएको राइडर सिट फ्यूल ट्याङ्कको माथिल्लो भागसम्म पुगेको देखिन्छ । यस्तो डिजाइन एड्भेन्चर मोडलमा प्रयोग गर्ने गरिन्छ ।

परिक्षणको क्रममा देखिएको मोटरसाइकलको साइज हेर्दा यो १२५ सीसी इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल हुन सक्नेछ । यसमा १७ इन्चको अलोय ह्वील, एमआरएफ नाइलोग्रिप ज्यापर टायर, टेलिस्कोपिक सस्पेन्सन, मोनोसक सस्पेन्सन कम्पोनेन्ट प्रयोग भएको देख्न सकिन्छ ।

हाल परिक्षण भइरहेको यो मोटरसाइकल २०२५ मध्यसम्ममा बजारमा आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top