काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउन थालिएको छ ।
गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले सो घोषणा गरेसँगै, आजदेखि उक्त कार्य लागू गरिएको उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
‘हामीले गृहमन्त्री ज्यूको निर्देशन अनुसार आजदेखि मापासे, लेनक्रस, ओभरस्पीड र रेडलाइटमा सवारी क्रस गर्नेहरुलाई स्वमसेवकको रुपमा खटाएका हौँ । अहिलेसम्म ६०४ जनाले स्वयमसेवकको भूमिका निभाइसकेका छन् ।’ उनले मेरो अटोसँग भने, ‘हामीले उहाँहरुलाई १ घण्टासम्म स्वयमसेवकको भूमिका निर्वाह गर्न लगाएका छौँ ।’
सवारी नियम उल्लंघन गर्नेहरुलाई अहिले काठमाडौं, ललितपुर र भक्तपूका विभिन्न स्थानमा खटाइएको उनले बताए ।


